२२ श्रावण २०८३, शुक्रबार
,
Latest
करदाता प्रोत्साहन योजनाः २५० रुपैयाँको खरिदमा १० लाख रुपैयाँको बम्पर उपहार जन्मसिद्ध नागरिकताको दायरा घटाउन अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दुई नयाँ कार्यकारी आदेश जारी स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु करदाता प्रोत्साहन उपहार कार्यक्रम शुरुः साउनको पहिलो १५ दिनका १६ विजेता छानिए कर नीतिमा स्थिरता र नाका सहज बनाउन नाइमाको माग-एक्स्पोमा ल्याइएको दर्जनौँ नयाँ गाडी तातोपानी नाकामा… नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा सान्फ्रासिस्को महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा प्रवाह हुने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण संकलन गर्न स्थानीय तहसँग समन्वय गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा भ्रमणमा रहेका एमाले टोलीले गरे माओत्सेतुको समाधिस्थल अवलोकन



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता तथा नयाँ जनवादी क्रान्तिका नेता अध्यक्ष माओत्सेतुको समाधिस्थल अवलोकन गर्नुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनमा भ्रमणमा रहनुभएका उहाँले उच्चस्तरीय प्रतिनिधि मण्डलसहित आज बिहान बेइजिङस्थित समाधिस्थल पुगेर माओत्सेतुको समाधिस्थल अवलोकन गर्नुभएको एमाले प्रचार विभाग सदस्य राजेश राईले जानकारी दिनुभयो ।

महासचिव पोखरेलले शनिबार चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालयको अवलोकन गर्नुभएको थियो । महासचिव पोखरेलसहित पार्टीका उच्चस्तरीय टोली यही भदौ १६ गते पार्टीको चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन गएको हो । रासस