६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नइ प्रकाशनमा कुलपति र उपकुलपतिको व्यवस्था



अ+ अ-

काठमाडौं। नइ प्रकाशनले नेपाली वाङ्‍‍मय परम्पराका साधक स्रष्टाहरूका स्थायी मूल्य र सार्वजनिक महत्त्वका अप्रकाशित प्राज्ञिक तथा सृजनात्मक कृतिहरूलाई बिक्री मूल्य नराखी प्रकाशन गर्दै आएको छ । साथै यो संस्था गैरनाफामूलक ढङ्गले सञ्चालनमा रही आएको छ ।

रजत महोत्सव समेत मनाइसकेको नइ प्रकाशन साहित्यिक तथा साँस्कृतिक संस्था भएको र यस संस्थाबाट प्रकाशित कृतिहरूमा सङ्कलित लेखका विद्वान् स्रष्टाहरूले नइलाई प्राज्ञिक संस्थाकै रूपमा व्याख्या गरी मूल्याङ्कन गरेका छन् । नइ प्रकाशन सर्वसाधारण जनसमुदायले बुझ्ने गरेजस्तो पुस्तक प्रकाशन व्यवसायी संस्था होइन ।

नइ प्रकाशनको उद्देश्य प्रकाशन व्यवसायद्वारा आयआर्जन गर्नुका सट्टा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विविध क्षेत्रका विशिष्ट प्रतिभाहरूलाई उपाधि सम्मान, पदक, पुरस्कार आदि अर्पणद्वारा प्राज्ञिक एवम् सृजनात्मक वातावरणको निर्माण तथा अभिवृद्धि गर्नु रहेको छ । तसर्थ नइ प्रकाशनका अध्यक्ष तथा उपाध्यक्ष पदलाई कुलपति र उपकुलपतिमा रूपान्तरण गर्ने नइ प्रकाशनको विशेष साधारण सभाले निर्णय गरेको छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा नइ प्रकाशनको विशेष साधारण सभा आज सम्पन्न भएको थियो ।