५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरक्कोमा भूकम्पबाट २ हजार १२ को मृत्यु, तीन दिन राष्ट्रिय शोक मनाउने



अ+ अ-

एजेन्सी । मोरक्कोमा विनाशकारी भूकम्पमा परी अहिलेसम्म दुई हजार १२ जनाले ज्यान गुमाएका छन् भने ५९ जना घाईते भएका छन् ।

मोरक्कोमा भूकम्पमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्न शनिवार तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । मोरक्कोमा शुक्रवार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । १८.५ किलोमिटरको गहिराइमा भूकम्प केन्द्रबिन्दु बनाएर गएके संयुक्त राज्य भूगर्भ सर्वेक्षणले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु मोरक्कोको चौथो ठूलो शहर र लोकप्रिय पर्यटकीय गन्तव्य माराकेसबाट ७० किलोमिटर दक्षिणपश्चिम रहेको अल हाउज प्रान्तको इघिल शहर नजिक रहेको छ । भूकम्पमा परी मृत्यु हुनेमा धेरै जसो भूकम्पको केन्द्र नजिकैकको दुर्गम पहाडी क्षेत्रमा रहेका बासिन्दा भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भूकम्पका कारण सडक क्षतिग्रस्त हुँदा उद्धार कार्यमा समस्या भएको छ । रबात र कासाब्लान्का लगायत मोरक्कोका धेरै शहरहरुमा भूकम्पको धक्का महशुस गरिएको थियो । तौराडान्ट र माराकेस शहरहरुमा धेरै घरहरु भत्किएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रेडक्रस सोसाइटी अफ चाइनाले शनिवार मोरक्कन रेड क्रिसेन्टलाई उद्धारको लागि २ लाख अमेरिकी डलर सहयोग गरेको छ ।

अरब लिग, इजिप्ट, युएई, प्यालेस्टाइन, साउदी अरेबिया, कतार, ट्युनिसिया, लेबनान र लिबिया लगायतका देशले पनि सहयोग गरेका छन् ।