• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै ★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल

श्रीलंकाले बंगलादेशलाई दियो २ सय ५८ रनको लक्ष्य



एजेन्सी । एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरमा श्रीलंकाले बंगलादेशलाई २ सय ५८ रनको लक्ष्य दिएको छ ।

कोलम्बोमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन जोड्यो ।

उसका लागि सदीरा समरविक्रमाले सर्वाधिक ९३ रन बनाए भने कुलश मेन्डिसले ५० रन बनाए । बलिङतर्फ बंगलादेशका तस्कीन अहमद र हसन महम्मदले तीन तीन विकेट लिए ।

सुपर फोरमा सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । एसिया कपमा सहभागी नेपाल र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिए ।