२० मंसिर २०८२, शनिबार
,
Latest
अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरु अहिले पनि क्रियाशील छन्ः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरु अहिले पनि क्रियाशील रहेको बताउनुभएको छ ।

जात/जात, वडा/वडा, पालिका/पालिका मिलेर बसेको देख्न नसक्नेहरुले मुलुकमा साम्प्रदायिक विद्वेष फैल्याउने काम गरिरहेको ओलीको भनाई थियो । तिजको अवसर पारेर पार्टी निकट महिला संगठन अखिल नेपाल महिला संघ, मध्यपुर थिमी नगर कमिटीले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले हाम्रा चाडपर्वहरुसँग ठ्याक्कै मेल नखाने गतिविधि हुनु सुखद् नभएको पनि बताउनु भयो ।

अध्यक्ष ओलीले हाम्रा चाडपर्वको अर्थ सामाजिक सदभाव कायम गर्नु रहेको उल्लेख गर्दै त्यसले सबै समुदायमा निकटता ल्याउने माध्यामको रुपमा काम गरिरहेको पनि स्मरण गराउनु भयो । तिज पर्वले महिलाहरुमा सबैभन्दा बढी खुशीयाली ल्याएको भन्दै उहाँले त्यसो हुनु सबैका लागि खुशीको कुरा भएको पनि बताउनु भयो ।

ओलीले भन्नुभयो, ‘हाम्रो हरेक चाडका पछाडि विशेष अर्थ, विशेष महत्व छ । त्यसको एउटा धार्मिक पक्ष होला । धार्मिक पक्षको रुपमा त्यसलाई विकास गरिएको होला । एउटा परम्परागत हिसावले विकास गरिएको होला । अर्को चाडपर्वको रुपमा विकास गरिएको होला । यसको अन्ततर्य चाही के हुन्छ, सारतत्व चाहीँ के हुन्छ ? भन्ने सामाजिक सुप्रबन्धलाई, सामाजिक व्यवस्थालाई अझ राम्रो बनाउनु हो । दशैँको अर्थ पनि त्यही हो, तिहारको अर्थ पनि त्यही हो ।

दशैंमा नातागोता, आफन्त मान्यजन कहाँ पुग्नैपर्छ । आर्शिवाद लिनै पर्छ । त्यसकारण ६ महिनाको छुट्टी लिएर घर आउँथे लाहुरेहरु दशैँमा । सबै जातका, सबै थरका, बाटो वारीका, बाटो पारीका, खोला वारीका, खोला पारीका, डिल वारीका, डिल पारीका, एउटा वडाका, अर्को वडाका, एउटा पालिका र अर्को पालिकाका मान्छेहरुसँगै बसेर किन रमाएको होलान् । यसमा पीर गर्नेहरु पनि छन अहिले । र, साम्प्रदायिक विद्वेष फैल्याउने तत्वहरु पनि छन । चाडको अर्थसँग त्यस्ता सोचहरु ठ्याम्मै मिल्दैनन् । किनभने चाडको अर्थ सामाजिक सदभाव कायम गर्नु हो । सामाजिक निकटता कायम गर्नु हो । सबै मिलेर रमाउनु हो । साझा जात्रा, साझा चाड, साझा पर्व, साझा खुशीयाली, साझा उत्सव त्यो मनाउनु हो । हामी त्यसैगरी आज मनाउँदैछौं ।’

अध्यक्ष ओलीले चाडपर्वहरुलाई नेपालीहरुले उत्सवको रुपमा मनाउने गरेको र त्यसले सामाजिक प्रवन्धहरुलाई व्यवस्थित बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको बताउनु भयो ।