५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँः प्रधानमन्त्री दाहाल

माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँः प्रधानमन्त्री दाहाल
अ+ अ-

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई जनताको पार्टीको रूपमा स्थापित गरेरै छाड्ने बताउनुभएको छ ।

वासु (सुरेश वाग्ले) स्मृति दिवसका अवसरमा गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा वाइसीएलको दोस्रो पालिकास्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले माओवादी केन्द्रले सुरु गरेको तीनमहिने रुपान्तरण अभियानले पार्टीलाई जनताको पार्टीको रूपमा स्थापित गर्ने बताउनुभयो ।

“माओवादी केन्द्रलाई फेरि जनताको बीचमा स्थापित गर्ने र राष्ट्रको जिम्मा लिने एकमात्र पार्टीको रूपमा स्थापित गर्छौँ, हामीले विचार पनि संश्लेषण गर्ने तथा शक्ति पनि आर्जन गर्ने उद्देश्य लिएका छौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “गोरखाका नेता, कार्यकर्ता र जनसङ्गठनले पनि यसलाई राम्रोसँग बुझ्नुभएको छ ।”

गोरखाबाट निर्वाचन जितेर गएपछि धेरै उतारचढावबीच देशको नेतृत्व गर्ने जिम्मेवारी प्र्राप्त भएको उल्लेख गर्दै उहााले अहिले जनतालाई प्रत्यक्ष राहत दिएर सरकारले सुशासनको थालनी गरेको उल्लेख गर्नुभयो । सरकारले सामाजिक सुरक्षा कोष सञ्चालन, राहदानी र यातायातको क्षेत्रमा देखिएका समस्या तथा भ्रष्टाचारविरोधी अभियान चलाएर नयाँ परिवर्तन थालनी गरेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भए पनि भ्रष्टाचारमा रमाउनेहरू भने अत्तालिएको बताउनुभयो । सुशासन र समृद्धिलाई प्राथमिकता दिएर सरकार अगाडि बढेको उल्लेख गर्दै उहाँले सरकारको यो अभियान नरोकिने उल्लेख गर्नुभयो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना तथा कर्णाली चिसापानी जस्तो ‘गेमचेन्जर’ आयोजना सुरुआत गरिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणका क्रममा नेपालको विकास तथा उत्तरी क्षेत्रका नाका खोल्नेलगायत विषयमा छलफल हुने जानकारी दिनुभयोे । रासस