• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु: बामदेव गौतम  ★   नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु ★   सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गनुहोस: प्रधानमन्त्री ★   नेपालले आज इंग्ल्यान्ड ‘सी’ सँग खेल्दै ★   टी–२० विश्वकपलाई लिएर आतंकवादबाट धम्की आयो ! ★   दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा ★   सिन्धुलीको जुनारमा प्रोटिन–वेट छिट्न सुरु ★   विदेशीहरुसँग भेट्दा कुटनीतिक आचारसंहिताको पालना गरौँ: परराष्ट्रमन्त्री श्रेष्ठ ★   कुवेत लगेर मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ ★   आकर्षक ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’

बाँके बस दुर्घटनामा मृतक सातै जनाको सनाखत



नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । सो दुर्घटनामा २९ जना घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भीर छ ।

मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, करिब ४० वर्षीया जयन्ती थारु, वडा नं ७ का ६५ वर्षीय चानुराम थारु, वडा नं ८ का ४५ वर्षीय जुगबहादुर चन्द र सहचालक ३५ वर्षीय वसन्त कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

पूर्वपश्चिम लोकमार्गको सडक किनारमा बिग्रेर रोकेको ना८ख ६४०५ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ७ ख २३२१ नम्बरको बस ठोक्किन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

बसमा दाङको धारापानी भ्रमणबाट फर्किएका ४१ जना सवार थिए । बस बेतहनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरबाबा, बर्दियाको रहेको बताइएको छ । घाइते २९ को नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।