१९ माघ २०८१, शनिबार
,
Latest
एन्जल्स हार्ट स्पोर्ट्स मिटमा खेलाडी र खेलकर्मी सम्मानित एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको चीन भ्रमण: तीन पुराना सम्झौताको पुरक सम्झौता हुने, नयाँ सम्झौता नहुने



file photo
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा नयाँ सम्झौता तथा समझदारी नहुने तर पुराना सम्झौता कार्यन्वयनका लागि पुरक सहमति हुने भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन यही भदौ ३० गते न्यूयोर्क जाने प्रधानमन्त्री प्रचण्ड त्यतैबाट ६ असोजमा होङ्झाउ जाने कार्यक्रम तय भएको छ । तीन दिने भ्रमणका क्रममा होङ्झाउमा १९ औँ संस्करणको एशियन गेम्स (एशियाड) को उद्घाटन समारोहमा सहभागी भएपछि प्रधानमन्त्री बेइजिङ पुग्नु हुने जनाइएको छ ।

भ्रमणको तयारी गरिरहेको परराष्ट्र स्रोतका अनुसार यस पटक चिनियाँ पक्षले नयाँ सम्झौता नगर्ने तर राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला भएका सम्झौताहरुको पालना गर्न आग्रह गर्ने जनाइएको छ । विसं २०७६ असोज २५ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्नुभएको थियो । भ्रमणका अवधिमा दुई देशबीच २० वटा बुँदामा सहमति भएको थियो ।

यस पटक चीनले केरुङ–काठमाडौँ, काठमाडौँ–लुम्बिनी रेलमार्ग सम्भाव्यता अध्ययन, कोदारी राजमार्ग स्तरोन्नति र मदन भण्डारी पोलिटेक्निकल इन्ष्टिच्यूटलाई सहयोग गर्ने सम्बन्धी सम्झौता हुने तयारी भएको उच्च स्रोतले जनाएको छ । यसका साथै राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला भएका सम्झौताहरुको पालना गर्न आग्रह गर्ने जनाइएको छ ।

यी हुन् सहमति भएका विषय

१) सीमा व्यवस्थापन प्रणालीमा नेपाल सरकार र चीनबीचको सम्झौता

२) नेपाल सरकार र चीनबीचको एक्सचेन्ज र प्रशासन क्षमता अभिवृद्धिमा सहयोग

३) नेपाल आपराधिक मामिलामा पारस्परिक कानूनी सहयोगका बारे नेपाल र चीनबीचको सन्धि

४) नेपाल र चीनको बीचमा सगरमाथा र झुमुलंगमा संरक्षण सहयोगमा सम्झौता पत्र

५) नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच उत्पादनशील क्षमतामा लगानी र सहयोगका मुख्य परियोजनाहरुलाई प्रवर्द्धन गर्ने सहमति पत्र ।

६) छेन्दुमा नेपालको वाणिज्य दूतावास स्थापना गर्न नोटको आदानप्रदान

७) नेपालको भौतिक पूर्वाधार र यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच चीन–नेपाल क्रस–सीमा रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन ।

८) नेपालको काठमाडौँ महानगरपालिका र चीनको नानजिन सहरबीच भगिनी सम्बन्ध स्थापनाको बारेमा सम्झौता ।

९) नेपालको बुटवल उप–महानगरपालिका र चीनको सिआन सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता ।

१०) नेपाल सरकारको स्वास्थ्य र जनसंख्या मन्त्रालय र चीनको परम्परागत चिनियाँ औषधिको राष्ट्रिय प्रशासनबीच पारम्परिक चिकित्सासम्बन्धी सहमति ।

११) प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण र आपत्कालीन प्रतिक्रियामा सहयोग पुर्याउने सम्बन्धमा नेपालको गृह मन्त्रालय र चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयबीच सहमति ।

१२) चीनको सर्वोच्च व्यक्तित्वको प्रचारक र नेपालको महान्यायाधिवक्ताको कार्यालयबीचको सहकार्य सम्बन्धमा सहमति ।

१३) त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने सम्बन्धमा नेपालको त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस संस्थानको मुख्यालयबीच सहमति ।

१४) नेपाल सरकारबाट चीनमा सिट्रस फल निर्यातका लागि फाइटोसनेटरी आवश्यकताहरूको प्रोटोकल नेपाल सरकारको कृषि विभाग र चीनको भन्सार विभागको सामान्य प्रशासनबीच सम्झौता

१५) उद्योग, वाणिज्य र नेपाल सरकारको आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारमा संयुक्त कार्य समूहको स्थापना सम्बन्धमा सम्झौता ।

१६) नेपालमा चीन सहायता भूकम्प निगरानी नेटवर्क परियोजनाका लागि डेलिभरी र स्वीकृति प्रमाणपत्रमा सम्झौता

१७) नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहयोग कार्यसमूह स्थापना गर्न सम्झौता

१८) टनेल निर्माण सहयोग सम्बन्धमा नेपालको अर्थमन्त्रालय र चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीबीच सम्झौता

१९) सीमा सुरक्षा उपकरण र कार्यालय उपकरणका लागि पत्रको आदानप्रदान

२०) काठमाडौँ उपत्यकामा चीन–सहायता नगरपालिका खानेपानी सुधार परियोजनाको सम्भाव्यता खोजीका लागि माइनुट मिटिङ सम्झौता