२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृह मन्त्रालयका १० अधिकारीको सरुवा, चार जिल्लाका सिडिओ फेरिए (सूचीसहित)



अ+ अ-

काठमाडौँ । सरकारले १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । शुक्रबार गृह मन्त्रालयले मातहतका अधिकारीहरूको सरूवा गरेको हो ।

इलाका प्रशासन कार्यालय, कटारीमा कार्यरत उपसचिव चेतराज बरालालई जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ ।

यस्तै, जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीलाई जिल्ला प्रशासन कार्यालय, भोजपुरको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ ।

यसैगरी, अञ्जन न्यौपानेलाई डडेल्धुरा, भीमकान्त पौडेललाई बाजुरा तथा जनकराज पन्तलाई मुस्ताङको सीडीओका रुपमा खटाइएको छ ।