१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशमा आजै मन्त्रिपरिषद् विस्तार हुने, को–को बन्दैछन् मन्त्री ?



file photo
अ+ अ-

विराटनगर । कोशी प्रदेशमा आजै मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

बिहीबार सर्वोच्च अदालतले संविधानको धारा १६८(३)अन्तर्गत हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएसङै आजै ३ मन्त्री र १ राज्यमन्त्री सहित मन्त्रिपरिषद् विस्तार गरिने भएको हो ।

मुख्यमन्त्री कार्कीले तिलकुमार मेन्याङ्वो, एकराज कार्की र पाँचकर्ण राईलाई मन्त्री नियुक्ति गरेका हुन् । मेन्याङ्वो ताप्लेजुङ, कार्की झापा र राई खोटाङ्बाट विजयी भएका हुन् ।

स्रोतका अनुसार एमालेबाट मेन्याङ्वो उर्जा, राई वन र कार्की भौतिक पूर्वाधार मन्त्री बन्ने भएका छन् । यस्तै, सृजना राई सामाजिक विकास राज्यमन्त्री बन्ने भएकी छन् ।

अहिले सपथ ग्रहणको तयारी भइरहेको छ ।