२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशमा आजै मन्त्रिपरिषद् विस्तार हुने, को–को बन्दैछन् मन्त्री ?



file photo
अ+ अ-

विराटनगर । कोशी प्रदेशमा आजै मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

बिहीबार सर्वोच्च अदालतले संविधानको धारा १६८(३)अन्तर्गत हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएसङै आजै ३ मन्त्री र १ राज्यमन्त्री सहित मन्त्रिपरिषद् विस्तार गरिने भएको हो ।

मुख्यमन्त्री कार्कीले तिलकुमार मेन्याङ्वो, एकराज कार्की र पाँचकर्ण राईलाई मन्त्री नियुक्ति गरेका हुन् । मेन्याङ्वो ताप्लेजुङ, कार्की झापा र राई खोटाङ्बाट विजयी भएका हुन् ।

स्रोतका अनुसार एमालेबाट मेन्याङ्वो उर्जा, राई वन र कार्की भौतिक पूर्वाधार मन्त्री बन्ने भएका छन् । यस्तै, सृजना राई सामाजिक विकास राज्यमन्त्री बन्ने भएकी छन् ।

अहिले सपथ ग्रहणको तयारी भइरहेको छ ।