५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा र भैरहवाबाट सिधा हवाई उडानका लागि आग्रह



अ+ अ-

बेइजिङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले चिनियाँ नेताहरूलाई विश्व शान्ति स्थापनाको लागि दक्षिण एसियामा गरिबी निवारण कार्यक्रम र परियोजना सञ्चालन गर्न सुझाव दिनुभएको छ ।

विश्व र दक्षिण एसियामा स्थायी शान्ति स्थापनामा चीनको भूमिका नेतृत्वदायी हुने उल्लेख गर्नुहुँदै त्यसका लागि चीनले गरिबी निवारणका लागि काम गर्नुपर्नेमा जोड दिनुभएको हो ।

बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय विदेश विभागमा शुक्रबार आयोजित अन्तर्क्रिया कार्यक्रममा महासचिव पोखरेलले चीनको सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र चिनियाँ निर्माण व्यवसायीहरूले बनाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिधा उडानका लागि आग्रह गर्नुभयो ।

उहाँले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले १० वटा औद्योगिक क्षेत्रहरू तोकेर देशलाई औद्योगीकरणमा लैजाने योजना बनाएको जानकारी दिनुहुँदै चिनियाँ उद्योगीहरूलाई नेपालमा लगानीका लागि आग्रह पनि गर्नुभयो ।

महासचिव पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव राष्ट्रपति सी जिनपिङको नेतृत्वमा नयाँ युगका लागि चिनियाँ विशेषतासहित समाजवाद स्थापनाका लागि सफलतापूर्वक अघि बढेको देख्दा खुशी लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो–महासचिव सीको नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद स्थापनामा चीन सफलतापूर्वक अघि बढेको देख्दा हामीलाई खुशी लागेको छ ।

उहाँले नेकपा (एमाले)ले पनि माक्र्सवादको नयाँ सिर्जनात्मक अभ्यास गरिरहेको जानकारी दिनुहुँदै चिनियाँ कम्युनिष्ट पार्टीले गरेको अभ्यास र एमालेले गरेको अभ्यासको आदानप्रदानमा जोड दिनुभयो । उहाँले भन्नुभयो– दुबै पार्टीले गरेको अनुभव र अभ्यासको आदानप्रदान जरूरी छ । त्यसले भबिष्यमा दुई पार्टीबीचको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्नेछ ।

महासचिव पोखरेलले नेकपा (एमाले)लाई बलियो राष्ट्रिय शक्ति बनाउने लक्ष्यसहित मिसन ग्रासरुट अभियानपछि मिसन–२०८४ अभियान चलाइरहेको जानकारी दिनुभयो । उहाँले आगामी २०८४ सालमा नेकपा (एमाले)लाई बहुमतसहितको पार्टी निर्माणको योजनासहित काम गरिरहेको बताउनुभयो ।

एमाले सबैभन्दा संगठन भएको पार्टीः पिङ
कार्यक्रममा चिनियाँ कव्यवस्थित म्युनिष्ट पार्टी विदेश विभागका दक्षिण एसिया व्युरोका डाइरेक्टर जनरल पिङ सिउपिनले नेकपा (एमाले) सँग चिनियाँ कम्युनिष्ट पार्टीको गहिरो र घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै इमानदारीसाथ गहिरो सम्बन्ध जारी राख्ने बताउनुभयो ।

उहाँले महासचिव पोखरेलको उच्चस्तरीय भ्रमणलाई चिनियाँ कम्युनिष्ट पार्टीले उच्च महत्व दिएको बताउनुभयो । उहाँले भन्नुभयो–महासचिवज्यूको भ्रमणलाई चिनियाँ कम्युनिष्ट पार्टीले उच्च महत्व दिएको छ । त्यसको अनुभूति तपाईहरूले गर्नुभयो भन्ने हाम्रो विश्वास छ ।

नेता पिङले सबैभन्दा व्यवस्थित संगठन भएको पार्टीको रूपमा एमालेलाई पाएको समेत बताउनुभयो । उहाँले दुई पार्टीबीचको अनुभव र विचार नियमित रूपमा आदानप्रदानमा जोड दिनुभयो ।

महासचिव पोखरेल नेतृत्वको उच्चस्तरी भ्रमण दल बिहीबार साँझ छोङछिङबाट बेइजिङ आइपुगेको हो । छोङछिङमा महासचिव पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनलगायतका नेताहरूसँग भेट गर्नुभएको थियो ।

बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखलगायतका उच्च नेताहरूलाई भेट्ने कार्यक्रम रहेको छ ।