२२ श्रावण २०८३, शुक्रबार
,
Latest
बागमती सरकारबारे राप्रपाको स्पष्ट अडानः सत्ता गठनको दौडबाट बाहिरिने निर्णय करदाता प्रोत्साहन योजनाः २५० रुपैयाँको खरिदमा १० लाख रुपैयाँको बम्पर उपहार जन्मसिद्ध नागरिकताको दायरा घटाउन अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दुई नयाँ कार्यकारी आदेश जारी स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु करदाता प्रोत्साहन उपहार कार्यक्रम शुरुः साउनको पहिलो १५ दिनका १६ विजेता छानिए कर नीतिमा स्थिरता र नाका सहज बनाउन नाइमाको माग: एक्स्पोमा ल्याइएको दर्जनौँ नयाँ गाडी तातोपानी… नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा सान्फ्रासिस्को महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा प्रवाह हुने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक विषय हो: सरकार



file
अ+ अ-

काठमाडौँ । सरकारले प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक पाटो भएको बताएको छ ।

शुक्रवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै सरकारका प्रवक्ता रेखा शर्माले यस्तो बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्रीज्युले अमेरिका भ्रमण गर्ने र च्यसपछि चीन भ्रमण गर्ने भन्ने विषय टुंगिसकेको बताउनु भयो । उहाँले अमेरिकाबाटै चीन जाने कुरा नितान्त भ्रमणको विषय भएकाले अन्यथा नबुझ्न आग्रह गर्नुभयो । उहाँले भ्रमण कुन उद्देश्यमा पुग्ने भन्नेमात्रै रहेको भन्दै रुटको कुरा प्राविधिक विषय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्युले अमेरिका भ्रमण गर्ने र च्यसपछि चीन भ्रमण गर्ने भन्ने विषय टुंगिसकेको छ । तयारीका सम्बन्धमा हाम्रो आफ्नै सिस्टम छ, त्यो सिस्टमअनुसार परराष्ट्रले अन्य मन्त्रालयहरुसँग सम्बन्धित निकायसँग कोर्डिनेशन गरेर एजेण्डाका विषयमा तयारी भइरहेका छन् । अर्थ र परराष्ट्र मन्त्रालयबाट यसलाई अन्तिम टुंगो लगाउने प्रक्रिया शुरु भएको छ । द्विपक्षीय कुरा भएकाले हाम्रा मात्रै कुरा पनि भएन, द्विपक्षीय रुपमा नै यसको स्वीकृति प्रदान भइसकेपछि एजेण्डा अघि बढ्नेछन् ।

कतिपय कुरा ध्यानाकर्षण गराउने ढंगले लैजानेछौँ । अमेरिकाबाटै चीन जाने भन्नेकुरा राम्रो होइन भन्ने छ, के मान्ने र त्यसलाई त ? यो भ्रमणको कुरा हो, उद्देश्यमा पुग्ने कुरा हो । कहाँबाट कुन बाटो पर्‍यो भन्नेकुरा प्राविधिक कुरा हो । त्यसमा धेरै चर्चा परिचर्चा आवश्यक छैन । उहाँहरुले कुन ढंगबाट उठाउनु भयो, सकारात्मक ढंगबाटै उठाउनु भयो भन्ने बुझौँ । बाटो, रुट कुन अपनाइयो भन्नेकुरा प्राविधिक कुरा हो । यसमा कुनै नियत, विषयवस्तु छैन ।’

प्रवक्ता शर्माले प्रधानमन्त्रीको अमेरिकाबाटै चीन भ्रमण जाने विषयवस्तुलाई लिएर धेरै चर्चा, परिचर्चाको आवश्यक नरहेको बताउनु भयो ।