२२ श्रावण २०८३, शुक्रबार
,
Latest
जन्मसिद्ध नागरिकताको दायरा घटाउन अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दुई नयाँ कार्यकारी आदेश जारी स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु करदाता प्रोत्साहन उपहार कार्यक्रम शुरुः साउनको पहिलो १५ दिनका १६ विजेता छानिए कर नीतिमा स्थिरता र नाका सहज बनाउन नाइमाको माग-एक्स्पोमा ल्याइएको दर्जनौँ नयाँ गाडी तातोपानी नाकामा… नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा सान्फ्रासिस्को महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा प्रवाह हुने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण संकलन गर्न स्थानीय तहसँग समन्वय गरिने वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय निजामति ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्छौं: निजामति कर्मचारी युनियन



अ+ अ-

काठमाडौँ । निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कटुवालले संघीय निजामति ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

शुक्रवार सिंहदरबारमा २० औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । ऐनमा ट्रेड युनियन अधिकारलाई खुम्च्याउने प्रयास भएको कुरा सुनिएको भन्दै आफूहरुको अधिकार छाँटकाँट गर्नेकुरा किमार्थ स्वीकार्य नहुने बताउनु भयो ।

उहाँले संघ, प्रदेश, स्थानीय तीन तहमै फराकिलो वृद्धि विकास सहितको कर्मचारीमैत्री संघीय निजामति ऐन ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भयो । उहाँले २०७५ सालमा समायोजन कर्मचारीको पक्षमा नभएको भन्दै एक पटकलाई संघ, प्रदेश, स्थानीय तीन तहमै समायोजन रोज्न सबै कर्मचारीलाई दिनुपर्ने बताउनु माग गर्नुभयो ।

उहाँले बन्ध हड्ताल सहितको ट्रेड युनियन अधिकार हामीले प्राप्त गरेको भन्दै आफूहरुको अधिकार जस्ताको त्यस्तै आउनुपर्ने बताउनु भयो । उहाँले अहिले संघ, प्रदेश, स्थानीय तीन तहकै श्रेणिबिहीन कर्मचारीको व्यवस्था र खरिदारबाट हुने व्यवस्थालाई यथावत राखि नासुबाट अधिकृत हुने व्यवस्थालाई ५० प्रतिशत राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संघ, प्रदेश, स्थानीय तीन तहमै फराकिलो वृद्धि विकास सहितको कर्मचारीमैत्री संघीय निजामति ऐन आओस् भन्ने प्रधानमन्त्री, सामान्य प्रशासनमन्त्री र मुख्यसचिवज्युसँग आग्रह गर्दछु । २०७५ सालमा समायोजन बिग्रिएको थियो, समायोजन कर्मचारीको पक्षमा भएको थिएन, एक पटकलाई संघ, प्रदेश, स्थानीय तीन तहमै समायोजन रोज्न सबै कर्मचारीलाई दिनुपर्छ । र समायोजन रिभ्यु हुनुपर्छ । बन्ध हड्ताल सहितको ट्रेड युनियन अधिकार हामीले प्राप्त गरेका छौँ, यो अधिकार जस्ताको त्यस्तै रहनुपर्छ ।

अहिले संघ, प्रदेश, स्थानीय तीन तहकै श्रेणिबिहीन कर्मचारीको व्यवस्था र खरिदारबाट हुने व्यवस्थालाई यथावत राखि नासुबाट अधिकृत हुने व्यवस्थालाई ५० प्रतिशत राख्नुपर्छ । यो ट्रेड युनियन सञ्जालको कुरालाई म प्रधानमन्त्रीज्यु लगायत सम्पूर्ण मञ्चमा आसिन अग्रजहरुलाई सामान्य प्रशासनमन्त्री र मुख्यसचिवज्युको गम्भीर ध्यानाकर्षण गराउँछु । राज्यले अहिले संघीय निजामति ऐन आज दर्ता हुने कुरा छ । ऐनमा कताकता ट्रेड युनियन अधिकारलाई खुम्च्याउने कुरा सुनिँदै छ । यस्ता विषय नहोस् । छाँटकाँट भएको कुरा सुनिन्छ, यो कुरा ट्रेड युनियनलाई किमार्थ स्वीकार्य हुँदैन ।’

कार्यवाहक अध्यक्षसमेत रहनुभएका कटुवालले ट्रेड युनियन अधिकार खुम्च्याउने गरी नल्याउन आग्रह गर्नुभयो ।