• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

रौतहटमा पुजारीमाथि सांघातिक आक्रमण



जनकपुरधाम । रौतहटमा मन्दिरका पुजारीमाथि सांघातिक आक्रमण भएको छ । दुर्गा भगवती गाउँपालिका–३ स्थित श्री रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण भएको हो ।

बिहिवार राति करिब ११ बजे अज्ञात व्यक्तिले पुजारी साहको टाउकोमा धारिलो हतियार प्रहार गरी आक्रमण गरेका रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए । साहमाथि आक्रमण भएको थाहा पाएपछि स्थानीयले उपचारका लागि अस्पताल पुर्‍याएका थिए ।

अहिले पुजारी साहको पिपरा बजारस्थित बागमती अस्पतालमा उपचार भइरहेको रौतहटका एसपी श्रेष्ठले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भईरहेको उनले बताए ।