२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु



symbolic picture
अ+ अ-

स्याङ्जा । माछा मार्ने क्रममा आज बिहान स्याङ्जामा करेन्ट लागेर एक व्यक्तिको मृत्युु भएको छ ।

बिहान २ बजे वालिङ नपा–६ रसखोलास्थित आमडाली बस्ने ३६ वर्षीय यामबहादुर थापाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पवलसिंह लामाले बताउनुभयो । प्रहरीले माछा मार्न गएका अन्य चार जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउपर्नेमा वालिङ–६ थापाडाँडा बस्ने ३६ वर्षीय तिलबहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नपा–१० बस्ने ३७ वर्षका दीपेन्द्र अधिकारी, पर्वतको पैँयु गाउँपालिका घर भई हाल वालिङ–६ स्थित तारादेवी ब्लक उद्योगमा काम गर्ने २० वर्षीय अनिल चौधरी र कञ्चनपुरको बेलौरी नगरपालिका–६ घर भई सोही ब्लक उद्योगमा काम गर्ने ६० वर्षीय बलदेव राना रहेका छन् ।

प्रहरीले माछा मार्न प्रयोग हुने तार, रड र बाँसका भाटा नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा राखिएको छ । रासस