२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुम पश्चिममा कामदार बोकेको ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते



अ+ अ-

सुर्खेत । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

मुसिकोट खलङ्गाबाट चौरजहारीतर्फ जाँदै गरेको भे २ त १४६१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । ट्याक्टरमा चौरजहारी नगरपालिका १ मा रहेको सिटिईभिटीको भवन निर्माणमा काम गर्ने कामदारहरू सवार थिए ।

घाइते हुनेमा ट्याक्टर चालक चौरजहारी नगरपालिका–१ का वर्ष २४ का निर्मल थापा, सोही ठाउँका २२ वर्षका पारस विष्ट, उदयपुरको उदयपुरगढी नगरपालिका–५ का २१ वर्षका कृष्ण मगर, वर्ष २१ का पेशल मगर, वर्ष २३ का सुशील राई र वर्ष २१ का सागर राई रहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।

घाइते सबैको अवस्था सामान्य रहेको र अहिले उनीहरूको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।