१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाईल्यान्डसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त



अ+ अ-

काठमाडौँ । नेपाल मलेसियामा जारी आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटबाट बाहिरिएको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा थाईल्यान्डसँग ४६ रनले पराजित हुँदै नेपाल बाहिरिएको हो । यससँगै नेपालको २०२४ मा हुने ग्लोबल टि–२० छनोट हुँदै विश्वकप खेल्ने सपना समाप्त भएको छ ।

जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रन बनाउदै अल आउट भयो । नेपालको लागि कविता कुँवरले सर्वाधिक १७ रन बनाईन् । कविता जोशी र अप्सरी बेगमले समान १० रन बनाउँदा अन्य कुनैपनि नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

थाईल्यान्डकी ओनिचा कम्चोम्फु र थिपाच्चा पुथावोङले समान ३ विकेट लिए। नाट्या बुचथमले २ विकेट लिइन् ।

त्यसअघि मलेसियाको बांगीमा टस हारेर ब्याटिङ गरेको थाईल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो ।

थाईल्यान्डको जितमा नानपाट खोन्चारोएनकाइले सर्वाधिक ५९ रनको योगदान दिएकी थिइन् । यस्तै, नथाकन चान्थामले ३१ रन बनाईन् । खोन्चारोएनकाइ र चान्थामले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । ओपनर सुवानान खिआटो २ रन बनाएर आउट हुँदा चानिदा ११ रनमा नट आउट रहिन् ।

नेपालकी पुजा महतो र कविता कुँवरले समान १ विकेट लिए ।