५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान र भारतसँग फिल्ड शेयर गर्न पाउँदा खुशी लाग्यो: सोमपाल कामी



अ+ अ-

काठमाडौँ । इन्स्पायर नोबल फाउण्डेसनले भारतबिरुद्ध छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ ।

एशिया कप–२०२३ अन्तर्गत भारतबिरुद्धको खेलअघि फाउण्डेसनले छक्का प्रहार गर्नेलाई प्रतिखेलाडी एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो । बिहीवार नेपाल खेलकुद पत्रकार मञ्चको रोहबरमा भारतबिरुद्ध छक्का प्रहार गरेका कुशल भुर्तेल र सोमपाल कामीलाई समान एक लाख रुपैयाँ प्रदान गरेको हो ।

भारतबिरुद्ध कुशल र सोमपालले समान दुई छक्का प्रहार गर्नुभएको थियो । कुशल र सोमपाललाई फाउण्डेसनको तर्फबाट सुशील रेग्मीले चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष अजय फुयालको उपस्थितिमा सम्पन्न भएको थियो ।

फाउण्डेसनले भारतबिरुद्ध छक्का प्रहार गर्ने तथा विकेट लिने प्रत्येक खेलाडीलाई नगदबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । इन्स्पायर नोबेल फाउण्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुले खोलेको संस्था हो । पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूहरुलाई थप हौसला मिलेको बताउँदै फाउण्डेसनलाई दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका तिब्र गतिका बलर सोमपाल कामीले राम्रो अनुभव बटुल्न पाएको बताउनु भयो । पाकिस्तानसँगको खेलमा सोचेजस्तो प्रदर्शन हुन नसकेको बताउनु भयो । पाकिस्तान र भारतसँग फिल्ड शेयर गर्न पाउँदा खुशी लागेको बताउनु भयो । अर्को पटक खेल्दा राम्रो नतिजा दिने बताउनु भयो । त्यस्तै अर्का क्रिकेटर कुशल भुर्तेलले एशियाकप खेल्नु भन्दा पनि एशिया कपमा क्वालिफायर हुँदा आफूलाई धेरै खुशी लागेको बताउनु भयो । भारतलाई टिभीमा हेरेर आफूहरुले क्रिकेट सिकेको बताउँदै आफू भारतसँग खेल्न आतुर रहेको बताउनु भयो । उहाँले पाकिस्तानसँग खेलिसकेपछि भारतसँग खेल्दा सामान्य लागेको बताउनु भयो ।

उहाँले एशिया कपको अनुभवले आगमी खेलमा राम्रो गर्ने बताउनु भयो ।




भर्खरै