२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका २६‍.७ प्रतिशत कृषकले तरकारीमा विषादी प्रयोग गर्छन्



तस्बिर: रासस । फाईल फोटो
अ+ अ-

काठमाडौँ । कृषि गणना २०७८ अनुसार २६‍.७ प्रतिशत कृषकले तरकारी खेतीमा विषादीको प्रयोग गर्ने गरेका छन् ।

बिहीवार सार्वजनिक गरिएको सातौं कृषि गणनाअनुसार नेपालमा तरकारी बाली लगाउने कृषकको परिवारसंख्या जम्मा १९ लाख ७७ हजार ५ सय ७१ रहेका छन् । जसमा ५ लाख २८ हजार १२ परिवारले तरकारीमा विषादीको प्रयोग गर्दै आएका छन् ।

त्यस्तै ३ हजार ६ सय ९७ परिवारले तरकारीमा अध्यधिक कडा विषादीको प्रयोग गर्दै आएको तथ्याङ्कमा देखिएको छ । कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार भक्तपुर, काभ्रे र तराईका सीमा क्षेत्रमा जिल्लाहरुमा लगाइएको तरकारीमा अध्यधिक कडा विषादीको प्रयोग गर्ने गरेको पाईएको छ ।

यस्तै, कार्यालयको अनुसार कूल तरकारी लगाउने कृषकको संख्या मध्ये ७३.३ प्रतिशतले तरकारीमा विषादीको प्रयोग गर्दैनन् ।

कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा घर परिवारमध्ये ६२ प्रतिशत मात्रै कृषक परिवार रहेका छन् । नेपालका करिव ४० लाख परिवार खेतीपातीमा आवद्ध रहेका छन्। जसमा ३९ लाख ९९ हजार परिवारले खेतीपाती गरेका छन् भने एक लाख ३२ हजारले पशुपंक्षी पालन गरेका छन् ।