१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका २६‍.७ प्रतिशत कृषकले तरकारीमा विषादी प्रयोग गर्छन्



तस्बिर: रासस । फाईल फोटो
अ+ अ-

काठमाडौँ । कृषि गणना २०७८ अनुसार २६‍.७ प्रतिशत कृषकले तरकारी खेतीमा विषादीको प्रयोग गर्ने गरेका छन् ।

बिहीवार सार्वजनिक गरिएको सातौं कृषि गणनाअनुसार नेपालमा तरकारी बाली लगाउने कृषकको परिवारसंख्या जम्मा १९ लाख ७७ हजार ५ सय ७१ रहेका छन् । जसमा ५ लाख २८ हजार १२ परिवारले तरकारीमा विषादीको प्रयोग गर्दै आएका छन् ।

त्यस्तै ३ हजार ६ सय ९७ परिवारले तरकारीमा अध्यधिक कडा विषादीको प्रयोग गर्दै आएको तथ्याङ्कमा देखिएको छ । कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार भक्तपुर, काभ्रे र तराईका सीमा क्षेत्रमा जिल्लाहरुमा लगाइएको तरकारीमा अध्यधिक कडा विषादीको प्रयोग गर्ने गरेको पाईएको छ ।

यस्तै, कार्यालयको अनुसार कूल तरकारी लगाउने कृषकको संख्या मध्ये ७३.३ प्रतिशतले तरकारीमा विषादीको प्रयोग गर्दैनन् ।

कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा घर परिवारमध्ये ६२ प्रतिशत मात्रै कृषक परिवार रहेका छन् । नेपालका करिव ४० लाख परिवार खेतीपातीमा आवद्ध रहेका छन्। जसमा ३९ लाख ९९ हजार परिवारले खेतीपाती गरेका छन् भने एक लाख ३२ हजारले पशुपंक्षी पालन गरेका छन् ।