८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सहमहामन्त्री यादवमाथिको आक्रमण सामान्य होईन, दोषीलाई कडा कारबाही होस्: काँग्रेस

सहमहामन्त्री यादवमाथिको आक्रमण सामान्य होईन, दोषीलाई कडा कारबाही होस्: काँग्रेस
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले पार्टीका सहमहामन्त्री महेन्द यादवमाथि सांघातिक आक्रमण गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सो सांघातिक आक्रमणमा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको हो ।

उहाँले सो घटनाबारे तत्काल संसदलाई जानकारी गराउन पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सचेत गराउनु भयो । पार्टीका सहमहामन्त्री यादवको ज्यान मार्ने उद्देश्यले सो सांघातिक आक्रमण भएको जिकिर गर्दै प्रमुख सचेतक लेखकले त्यस घटनाप्रति निन्दा र भत्र्सना गर्दै त्यसको सत्यतथ्य विस्तृत रुपमा सरकारले छानविन गर्नुपर्ने समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो आक्रमण हेर्दाखेरी प्रष्ट देखिन्छ–आक्रमणकारीको उद्देश्य ज्यान मार्ने नै उद्देश्य हो । र, यो ज्यान मार्नकै लागि गरिएको प्रहार अन्यन्तै क्रुरतापूर्ण, सांघातिक र बर्बर खालको जुन प्रहार भएको छ । यसबाट उहाँको ज्यान बाँचेको स्थिति छ । म सिंगो नेपाली काँग्रेसको तर्फबाट, नेपाली काँग्रेस संसदीय संसदीय दलको तर्फबाट यो आक्रमणको घटनाको घोर भत्सर्ना गर्न चाहन्छु, घोर निन्दा गर्न चाहन्छु ।’

‘र, नेपाल सरकारलाई यसमा पक्राउ परेका दोषीलगायत अरु पनि मानिसहरुको कहीँकतै संलग्नता छ भने सत्यतथ्य छानबिन गरी कानून बमोजिम कडा भन्दा कडा कारबाही गरियोस भन्ने म नेपाली काँग्रेस र संसदीय दलको तर्फबाट नेपाल सरकारसँग माग गर्न चाहन्छु । सम्माननीय सभामुख महोदय, यो घटना सामान्य छैन । त्यसो हुनाले म माननीय उपप्रधानमन्त्री, गृहमन्त्रीज्युलाई म आग्रह गर्न चाहन्छु–यसपछि बस्ने प्रतिनिधि सभाको बैठकमा यो घटनाको बारेमा सम्पूर्ण सत्यतथ्य विवरणको जानकारी र यसमा भएगरेका सम्पूर्ण कामहरुको उहाँले यो गरिमामय सदनमा गर्नुहुनेछ भन्ने पनि म नेपाली काँग्रेस संसदीय दलको तर्फबाट माग गर्न चाहन्छु ।’

प्रमुख सचेतक लेखकले सरकारले सो घटनाबारे प्रतिनिधि सभाको अर्को बैठकमानै संसदलाई जानकारी गराउनुपर्ने बताउनु भयो ।