२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहमहामन्त्री यादवमाथिको आक्रमण सामान्य होईन, दोषीलाई कडा कारबाही होस्: काँग्रेस



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले पार्टीका सहमहामन्त्री महेन्द यादवमाथि सांघातिक आक्रमण गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सो सांघातिक आक्रमणमा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको हो ।

उहाँले सो घटनाबारे तत्काल संसदलाई जानकारी गराउन पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सचेत गराउनु भयो । पार्टीका सहमहामन्त्री यादवको ज्यान मार्ने उद्देश्यले सो सांघातिक आक्रमण भएको जिकिर गर्दै प्रमुख सचेतक लेखकले त्यस घटनाप्रति निन्दा र भत्र्सना गर्दै त्यसको सत्यतथ्य विस्तृत रुपमा सरकारले छानविन गर्नुपर्ने समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो आक्रमण हेर्दाखेरी प्रष्ट देखिन्छ–आक्रमणकारीको उद्देश्य ज्यान मार्ने नै उद्देश्य हो । र, यो ज्यान मार्नकै लागि गरिएको प्रहार अन्यन्तै क्रुरतापूर्ण, सांघातिक र बर्बर खालको जुन प्रहार भएको छ । यसबाट उहाँको ज्यान बाँचेको स्थिति छ । म सिंगो नेपाली काँग्रेसको तर्फबाट, नेपाली काँग्रेस संसदीय संसदीय दलको तर्फबाट यो आक्रमणको घटनाको घोर भत्सर्ना गर्न चाहन्छु, घोर निन्दा गर्न चाहन्छु ।’

‘र, नेपाल सरकारलाई यसमा पक्राउ परेका दोषीलगायत अरु पनि मानिसहरुको कहीँकतै संलग्नता छ भने सत्यतथ्य छानबिन गरी कानून बमोजिम कडा भन्दा कडा कारबाही गरियोस भन्ने म नेपाली काँग्रेस र संसदीय दलको तर्फबाट नेपाल सरकारसँग माग गर्न चाहन्छु । सम्माननीय सभामुख महोदय, यो घटना सामान्य छैन । त्यसो हुनाले म माननीय उपप्रधानमन्त्री, गृहमन्त्रीज्युलाई म आग्रह गर्न चाहन्छु–यसपछि बस्ने प्रतिनिधि सभाको बैठकमा यो घटनाको बारेमा सम्पूर्ण सत्यतथ्य विवरणको जानकारी र यसमा भएगरेका सम्पूर्ण कामहरुको उहाँले यो गरिमामय सदनमा गर्नुहुनेछ भन्ने पनि म नेपाली काँग्रेस संसदीय दलको तर्फबाट माग गर्न चाहन्छु ।’

प्रमुख सचेतक लेखकले सरकारले सो घटनाबारे प्रतिनिधि सभाको अर्को बैठकमानै संसदलाई जानकारी गराउनुपर्ने बताउनु भयो ।