१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहमहामन्त्री यादवमाथिको घटनामा एमालेले माग्यो प्रधानमन्त्रीको जवाफ



अ+ अ-

काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणमा आपत्ति जनाएको छ ।

बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले प्रतिपक्ष मात्रै होइन सत्तापक्षका नेताहरूमाथि पनि छानिछानी आक्रमण हुन थालेको बारे प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताए ।

सहमहामन्त्री यादवमाथिको घटनामा गहिरो अनुसन्धानको माग गर्दै उनले भने, ‘यस्ता घटना देशका विभिन्न ठाउँमा भइरहेका छन्। प्रमुख प्रतिपक्षी दलको नेता आफ्नो निर्वाचन क्षेत्रमा जाँदा धावा बोलिने र आक्रमण हुने श्रृङ्खला पहिलादेखि नै चलिआएको थियो। हिजो प्रतिपक्षतिर हुँदा ध्यान कम थियो होला आज सत्तापक्षका सांसदहरूमाथि खोजी खोजी आक्रमण हुने धारिलो हतियार प्रयोग हुने। त्यसमा सरकारले निर्ममताको साथ अध्ययन गरोस्।’