• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा चिनियाँ राजदूतको अमर्यादित अभिव्यक्तिको विरोध



काठमाडौँ । संसदीय समितिको बैठकमा नेपालका लागि चीनका राजदूतले दिएको गैरकूटनीतिक अभिव्यक्तिलाई नजरअन्दाज गर्न नहुने कुरा उठेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबार बिहान बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालले नेपालका लागि चीनका राजदूतले दिएको गैरकूटनीतिक अभिव्यक्तिलाई नजरअन्दाज गरियो भने त्यसले थप असहजता सिर्जना हुनसक्ने समेत बताउनुभयो ।

बैठकमा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले चिनियाँ राजदूतको अभिव्यक्तिको विषयमा उनले माफी मागे माफी दिनुपर्ने र भविष्यमा नदोहोरिने सुनिश्चित गर्नुपर्नेसमेत बताउनुभयो ।

हालै नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल–भारतबीचको सम्बन्ध र नेपालको आर्थिक अवस्थाप्रति विवादास्पद र आपत्तिजनक अभिव्यक्ति दिनुभएको थियो ।

राजधानी काठमाडौँमा आयोजित एउटा कार्यक्रममा उहाँले कूटनीतिक मर्यादा विपरीत नेपाल–भारतबीचको परम्परागत बहुआयामिक सम्बन्ध र व्यापारमा खलल पुर्‍याउने गरी टिप्पणी गर्नुभएको थियो ।