५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

तत्कालीन परराष्ट्रमन्त्रीले नक्साको जानकारी मौखिक गराएको कि लिखित?– माधव नेपाल

तत्कालीन परराष्ट्रमन्त्रीले नक्साको जानकारी मौखिक गराएको कि लिखित?– माधव नेपाल
अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भारतले मिचेका नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्साबारे चीनलाई व्यक्तिगत रूपमा तत्कालीन परराष्ट्रमन्त्रीले मौखिक जानकारी गराएको हो कि लिखित रूपमा पत्राचार गरिएको हो भनेर प्रश्न गर्नुभएको छ ।

वर्तमान परराष्ट्रमन्त्री एनपी साउदले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेपछि चीनलाई जानकारी गराएको रेकर्ड नभेटिएको भनिरहेका बेला तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्राचार गरिएको दाबी गर्नुभएको थियो ।

प्रतिनिधिसभाको अन्तर्रराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा उहाँले नक्साको विषय संवेदनशील रहेको भन्दै यसबारे सत्यतथ्य कुरा सार्वजनिक हुनुपर्ने बताउनुभयो ।

“चीनलाई जानकारी गराएको विषयमा वर्तमान परराष्ट्रमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीको कुरा बाझिएको छ”, अध्यक्ष नेपालले भन्नुभयो, “तत्कालीन परराष्ट्रमन्त्रीले एक्लाएक्लै गरेको हो कि आधिकारिकरूपमा पत्राचार गरेको हो ?, त्यतिबेला परराष्ट्र मन्त्रालयको अधिकारी पनि त बसेको होला ? मौखिक रूपमामात्रै हो कि लिखित रूपमा जानकारी गराएको हो ?सबै राजदूतहरूलाई जानकारी गराएको हो कि एउटालाई मात्रै हो ?”

पूर्वप्रधानमन्त्री नेपालले २०७७ जेठ ७ मा जारी नक्सालाई प्रतिनिधिसभाले २०७७ जेठ ३१ गते सर्वसम्मतिले पारित गरी संविधानको अनुसूचीमा राखेपछि त्यसबारे अन्तर्राष्ट्रिय सम्बन्ध समुदायलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।

यस्ता विषयमा कमजोरी गर्न नहुने पनि उनले सुझाव दिँदै उहाँले भन्नुभयो, “यो नक्साको मात्रै होइन अन्तर्राष्ट्रिय सम्बन्धको कुरा हो । यस्ता विषयमा कमी हुनुहुँदैन, संवेदनशील विषय हो ।” उहाँले कूटनीतिक विषयमा देखिएका कमजोरी दोहोर्‍याउन नहुने बताउनुभयो ।