१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय टीमका स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कार्कीको इजलासमा परेको उक्त मुद्दाको तीन नम्बरमा पेसी तोकिएको छ ।

आजलाई सन्दीपमा मुद्दामा अन्तिम सुनुवाइ हुने भनिए पनि तीन नम्बरमा परेकोले आज पनि सुनुवाइ हुने सम्भावना न्यून छ ।

यसअघि भदौ १० गतेलाई अन्तिम सुनुवाइ भनिए पनि हेर्न नभ्याइनेमा परेको थियो । भदौ १० गतेको पेशीमा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याउनेमा परेपछि भदौ २१ गतेका लागि पेसी तोकिएको थियो ।

२१ गतेका लागि पेसी तोकिएपछि सन्दीप भदौ ११ गते एसिया कप खेल्न पाकिस्तान गएका थिए ।