१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडाध्यक्ष रिजालको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दु:ख व्यक्त



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको काठमाडौं–७ का क्षेत्रीय सभापति एवं काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।

शोक विज्ञप्ति जारी गर्दै देउवाले दिवंगत आत्माको चिर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका हुन् ।

साथै, देउवाले स्वर्गीय रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्‍याएको सक्रिय योगदानको पनि स्मरण गरेका छन् । सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघमा आवद्ध भई राजनीतिक यात्रा प्रारम्भ गरेका स्वर्गीय रिजालले मानव अधिकारवादी संघ संस्थामा समेत आवद्ध भएर कार्य गर्दै आएका थिए । उनको निधनबाट नेपाली कांग्रेसले एक होनाहार नेतृत्वलाई गुमाएको विज्ञप्तिमा उल्लेख छ ।

वडाध्यक्ष रिजालको आज विहान ७:३० बजे ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि विहान ११:०० बजेदेखि १२:०० बजेसम्म राष्ट्रिय सभागृहमा र विहान १२:३० देखि १:३० बजेसम्म पशुपतिमा राखिनेछ । उनको दिउँसो २:३० बजे दाहसंस्कार गरिने कार्यक्रम छ ।

वडाध्यक्ष रिजाल २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका–१६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका थिए । उनका श्रीमती र दुई छोरा छन् ।