१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपमेयर डंगोलसहित नौ जनालाई अनेसास नवरत्न पुरस्कार



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौजना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ ।

नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनिय योगदान पुर्याएका नौ जना बिसेष महिला व्यक्तित्वहरूलाई नगद २ सय पचास डलरसहित सम्मान(पत्रले सम्मानित गर्न लागेको हो ।

नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने संलग्न समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।

समितिको निर्णयअनुसार अनु शाह (साहित्य-बोस्टन), आचार्य प्रभा (साहित्य-कोलोराडो), ज्योति राई (समाजसेवा-न्यूयोर्क), मञ्जु कार्की संग्रौला (डिसी -समाजसेवा),माया गुरूङ् (साहित्य – बेलायत),रीतादेवी प्रधान (क्यालिफोर्निया( साहित्य),शान्ता घिमिरे (न्यूजर्सी-साहित्य), डा। संगीता स्वेच्छा (साहित्य-बेलायत) र सुनिता डंगोल (उपमेयर – काठमाडौं /समाजसेवा) रहेका छन् । हालसम्म उक्त पुरस्कारबाट ४५ जना महिला सम्मानित भइसकेका छन् ।