१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा प्रशिक्षणको तयारीमा



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले पुनर्गठन र प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएको छ ।

ज्ञानबहादुर तामाङको अध्यक्षतामा ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । यस अघि मनबहादुर गुरुङको अध्यक्षतामा ३१ सदस्यीय तमुवान राष्ट्रिय समिति पुनर्गठन गरिएको थियो ।

राष्ट्रिय समितिले समिति पुनर्गठन गर्नुका साथै अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम पनि गर्न थालेको छ । सोहीअन्तर्गत शुक्रबार किरात राष्ट्रिय समितिले उदयपुरको बेलका नगरपालिकामा अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम गर्ने तयारी गरेको छ ।

पार्टीका सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राई, अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, राजकिशोर यादव, पर्शुराम बस्नेत, सुशीला श्रेष्ठलगायत नेताले अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम तय भएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताउनुभयो । रासस