१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेश सरकारले प्रशासनिक भवन बनाउँदै, ‘जनक दरबार’ नामाकरण गरिने



अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस सरकारको मन्त्रालयहरु र मन्त्रीहरुको लागि आवासीय भवन निर्माण प्रक्रिया छिट्टै शुरु गरिने बताउनुभएको छ ।

बुधवार जनकपुरधाम वडा नम्बर १९ मा कृष्णाष्टमी मेलाको उदघाटन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधाम वडा नम्बर १९मै रहेको ५२ विघामा मधेस सरकारको प्रशासनिक भवन निर्माण गरिने बताउनुभएको हो ।

उहाँले यसका लागि प्रक्रिया अगाडी बढाई सकिएको जानकारी दिनुभयो । उहाँले सरकारका सबै मन्त्रालयहरुको प्रशासनिक भवनका साथै आवास समेत सोही परिसरमा निर्माण गरिने बताउनु भयो । मुख्यमन्त्री यादवले मधेस सरकारले सो जग्गाको लालपूर्जा र पत्र प्रधानमन्त्री कार्यालयमा ४ महिना अगाडी नै पठाई सकिएको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री कार्यालयबाट निर्णय आए लगत्तै प्रशासनिक भवन निर्माणका लागि प्रदेश सरकारले डीपीआर तयार गरी निर्माण प्रक्रिया अगाडी बढाउने स्पष्ट पार्नुभयो ।

उहाँले मधेस प्रदेश सरकारको प्रशासनिक भवन परिसरलाई ‘जनक दरबार’ नामाकरण गरिने पनि बताउनु भयो ।