८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

एमालेभित्र बिस्फोट हुन्छ, देशव्यापी रुपमा पहिरो जान्छ: झलनाथ खनाल

एमालेभित्र बिस्फोट हुन्छ, देशव्यापी रुपमा पहिरो जान्छ: झलनाथ खनाल
अ अ+ अ-

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र बिस्फोट हुने बताउनुभएको छ ।

बुधवार नेपाल आदिवासी जनजाती महासंघ(समाजवादी)को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा(एमाले)भित्र बिस्फोट र बिद्रोह हुने बताउनुभएको हो ।

उहाँले एमालेभित्र देशव्यापी रुपमा पहिरो जाने बताउनु भयो । उहाँले एमालेको दक्षिणपन्थि कार्यदिशाका कारण पार्टी भित्रैबाट बिद्रोह हुने उल्लेख गर्नुभयो । उहाँले जनताको बहुदलिय जनवादबाट समाजवाद आउँदैन भन्नेकुरा एमालेले बुझ्नुपर्ने बताउनु भयो । उहाँले एमाले आफ्ना नीतिहरुमा परिवर्तन गर्न बाध्य हुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘आज यही मञ्चबाट तपाई हामीले एमाले छोडेर हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)मा आज हामीले प्रवेश गराएका छौँ । यो के कुराको थालनी हो भन्दाखेरी अब एमालेभित्र पहिरो जादैछ । र हामीले सही बाटो लिएर अगाडी बढ्यौँ भने हाम्रो पार्टी केही वर्षभित्रमा एउटा राष्ट्रव्यापी पार्टी बन्नसक्छ । उपत्यकाभित्र त एउटा पहिरो जानुपर्छ, पर्छ । देशव्यापी रुपमा गलत कार्यदिशा, दक्षिणपन्थी कार्यदिशा लिएको जो एमाले छ, त्यो एमालेको पंक्तिभित्र अब पहिरो जान्छ ।

अब जबजबाट समाजवाद आउँदैन भन्नेकुरा एमालेको नेतृत्वले बुझ्नुपर्छ । र एमालेले आफ्ना नीतिहरुमा परिवर्तन गर्न बाध्य हुनुपर्छ । यदि परिवर्तन गर्दैन भने त्यहाँभित्र उथलपुथल हुन्छ । बिस्फोट हुनसक्छ । विभिन्नखालका बिस्फोट र बिद्रोहहरु हुन सक्छन् । यसकारणले हामी सहि कार्यदिशा लिउँ । सहि विचार लिउँ । र सबभन्दा पहिले हामीले हाम्रो पार्टीलाई दह्रो बनाएर लैजाऔँ । यसलाई व्यापक बनाएर लैजाऔँ । र त्यही सहि विचारको आधारमा कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध पनि गर्नुपर्नेछ ।’

उहाँले एमालेको गलत कार्यदिशाका कारण आफूहरुले सो पार्टीबाट विद्रोह गरेको भन्दै आफूहरुले सही विचार र कार्यदिशा लिनुपर्ने बताउनु भयो । उहाँले एमाले राप्रपा, लोसपा र काँग्रेस जो सँग पनि गठबन्धन गर्न तयार भएको भन्दै ऊ सँग कुनै सिद्धान्द र दृष्टिकोण नभएको बताउनु भयो । उहाँले एमाले भयानक अलमलमा रहेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले नेकपा(एमाले)को नेतृत्व हेर्नुस् त राप्रपासँग भएपनि अंगालो मार्ने । भन्न चाहीँ पुन:उत्थानवादी भन्ने । लोसपासँग पनि अंगालो मार्ने । भन्नेचाहीँ यो प्रो इण्डियन हो भन्ने । फेरि अंगालो हाल्ने । काँग्रेस र एमाले मिलेर पो हामीले स्थायित्व दिनसक्छौँ, ठूला–ठूला पार्टी मिलेर सरकार बनाऔँ भन्छन् । त्यो साँठगाँठ गर्न पनि तयार नै देखिन्छ । त्यसो हुनाले उनीहरुको सिद्धान्त के हो ? को सँग मिल्ने ? कोसँग नमिल्ने ? कोसँग मोर्चा हुन्छ ? कोसँग हुँदैन ? वर्ग दृष्टिकोण भनेको के हो ? को वर्ग मित्र हो ? को वर्ग शत्रु हो ? यो बारेमा एमाले भयानक अलमलमा देखिन्छ । यस्तो अलमल भएको पार्टीले क्रान्ति हाँक्दैन । त्यसकारणले हाम्रो पार्टीले यस्ता कुराहरुमा प्रष्ट भएर जानुपर्छ ।’

सम्मानित नेता खनालले एमसीसी पारित भएसँगै प्रत्येक महिना अमेरिकी नेताहरु नेपाल आइरहेका भन्दै यसप्रति आशंका व्यक्त गर्नुभयो । उनीहरु नेपाल आएर सबभन्दा पहिले तिब्बती शरर्णार्थीहरुलाई भेटिरहेका उहाँले बताउनु भयो । उहाँले अमेरिकीहरुको नेपालप्रतिको चासोलाई मित्रराष्ट्र चिनसँग जोडेर पनि हेर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘एमसीसीपछि प्रत्येक महिना अमेरिकन डेलिगेशन यहाँ आइराखेको छ । हिजो अस्ति मात्रै पनि दुईवटा डेलिगेशन आयो यहाँ । अमेरिकाको लागि नेपाल के को आकर्षणको थलो भयो ? कल्पना गर्नुस् त । के देख्यो अमेरिकाले नेपालमा ? सिनेटरहरु पनि यहीँ आइरहेका छन् । सांसदका डेलिगेसनपनि यहीँ आइरहेका छन् । सुरक्षासँग सम्बन्धित मन्त्रीहरुपनि यहीँ आइरहेका छन् । यहाँ आएर पहिला कहाँ जान्छन् भन्दा तिब्बति शरणार्थी भेट्न जान्छन् । के कारण छ यहाँभित्र ? यि कारणका बारेमा तपाई, हामी सचेत हुनुपर्छ । सतर्क हुनुपर्छ । अहिले विश्वव्यापी रुपमा अमेरिकालाई चुनौति दिनसक्ने एउटै मात्र शक्ति चीन विकसित भइरहेको छ । चीन समाजवादी मुलुक हो । चिनले कतै उपनिवेशवाद लागू गर्दैन । चिनले अरु कुनै मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छैन । अन्यत्र कुनै सैन्य अड्डाहरु बनाएको छैन । हातहतियार बेचेर मुनाफा कमाउने काम गरेको छैन । बिआरआइ अगाडी सारेको छ । दक्षिणतिरका देशहरुलाई एकतावद्ध बनाउने कोशिस गरेको छ ।’

उहाँले एउटा छिमेकी राष्ट्र नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर लागेको र पश्चिमी राष्ट्रहरु नेपालमा क्रिश्चियन धर्म प्रचारमा लागेको भन्दै यसतर्फ नेपालीहरु सचेत हुनुपर्ने बताउनु भयो । सम्मानित नेता खनालले आफूहरु आगामी चुनावमा कुनै पार्टीसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनु भयो ।