• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

बालिका बलात्कार कसुरमा एक युवकलाई कैद र जरिवाना



उदयपुर । उदयपुर जिल्ला अदालतले १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १९ वर्षीय एक युवकलाई १८ वर्ष कैद र रु छ लाख २० हजार जरिवाना गर्ने फैसला गरेको छ । आरोपी युवक बेलका नगरपालिका–५ बस्ने बर्ष १९ वर्षीय सुशान्त मगर हुन ।

जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजालासले मङ्गलबार सो सजाय सुनाएको जिल्ला अदालतका स्रेस्तेदार भेषराज भट्टराईले बताउनुभयो ।

विस २०७८ फागुन १३ गते एक बालिकालाई निज मगरले जबरजस्ती गरेपछि भोलिपल्ट पीडितका आफन्तले रामपुरस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । प्रहरीले तत्काल मगरलाई पक्राउ गरेर अनुसन्धानपछि चैत ८ गते जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको थियो । रासस