१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब चाहिँ हाई टाइम भइसक्यो, पूर्वाधारमा लगानी गर्नुपर्छ– कप्तान पौडेल



file
अ+ अ-

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलिका कप्तान रोहित पौडेलले अब पूर्वाधारमा लगानी गर्नुपर्ने बताएका छन् ।

एसिया कप खेलेर स्वदेश फर्किएपछि बुधबार सञ्चारकर्मीहरुसँग बोल्दै रोहितले सरकारले पूर्वाधारमा लगानी गर्नु बाहेकको अन्य बिकल्प नरहेको बताएका हुन्।

उनले देशमा डोमेस्टिक स्ट्रक्चर नभएको गुनासो गर्दै भने, ‘अब चाहिँ हाई टाइम भइ सक्यो, इन्फ्रास्ट्रक्चरमा इन्भेस्ट गर्नुपर्छ। जहिल्यै पनि ती कुराहरुमा संघर्ष गरिरहेका हुन्थ्यौँ हामी। एउटै विकेट छ त्यसैमा सबै जनाले तयारी गरिरहनु परेको छ। डोमेस्टिक स्ट्रक्चर छैन केही पनि। प्रत्येक प्रदेशमा ग्राउन्ड खासगरी पिचहरु भयो भने तयारी गर्न सकिन्छ । ’