• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु

हेलो सरकारमा गुनासो: बाँदरले दुख दियो लौन केही गर्नुपर्‍यो



फाईल फोटो

काठमाडौँ । हेलो सरकारमा श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम हल्कारा पदमा नियुक्त भएको व्यक्तिको न्यूनतम पारिश्रमिक नपाएको सम्बन्धमा धेरै पटक गुनासो आएको छ ।

त्यस सम्बन्धमा गरिएको कारवाहीलाई हेर्दा अतिरिक्त हुलाक नियमावली, २०३४ बमोजिम हुने भएको भनी अर्थ मन्त्रालयबाट जानकारी प्राप्त भएकोले सोहीबमोजिम गुनासोकर्तालाई जानकारी गराइएको छ ।

प्रधानमन्त्री कार्यालयले आज सार्वजनिक गरेको हेलो सरकारको विवरणअनुसार बज्र सेक्युरिटी प्रालि करारमा रहेका कर्मचारीको सम्झौताबमोजिमको सञ्चयकोष लगायतका सुविधा प्राप्तिमा ढिलाइ भएको सम्बन्धमा पनि गुनासो आएको छ ।

धेरै गुनासाहरू भाइबर, फोन/वेबपोर्टल, मोबाइल फोनबाट आएको छ । ११११ मा रिसिभ भएको फोन सङ्ख्या तीन सय ११, पार्टलमा आएका र पार्टलमार्फत सम्बन्धित निकायमा पठाइएका गुनासोको विवरण दुई सय, गुनासो फर्छ्योट सङ्ख्या ५५ (टेलिफोनबाट फर्छ्योट भएको संस्था संलग्न नभएको) र सामाजिक सञ्जालबाट गुनासोको सङ्ख्या अत्यधिक आएको छ ।

“सुत्केरी महिला निजामती सेवामा नियुक्ति भएमा निजलाई प्रसूति विदा दिन मिल्छ कि मिल्दैन स्पष्टसँग उल्लेख गरी जिज्ञासा समाधान गरिदिनु हुन पुन: अनुरोध छ, कृपया जिज्ञासालाई गम्भीरताका साथ दिई समाधान गरिदिनु हुन अनुरोध छ”, वेबपोर्टलको जिज्ञासामा भनिएको छ ।

त्यसैगरी महङ्गी बढेको, ग्यासको भाउ धेरै बढेको, सडकमा खाल्टाखुल्टी भएको, धुलो भएको, अदालतको फैसला कार्यान्वयन हुन नसकेको, बेरोजगारी बढेको र बाँदरको समस्याको बारेमा पनि हेलो सरकारमा गुनासो गरिएको छ ।