२२ श्रावण २०८३, शुक्रबार
,
Latest
करदाता प्रोत्साहन योजनाः २५० रुपैयाँको खरिदमा १० लाख रुपैयाँको बम्पर उपहार जन्मसिद्ध नागरिकताको दायरा घटाउन अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दुई नयाँ कार्यकारी आदेश जारी स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु करदाता प्रोत्साहन उपहार कार्यक्रम शुरुः साउनको पहिलो १५ दिनका १६ विजेता छानिए कर नीतिमा स्थिरता र नाका सहज बनाउन नाइमाको माग-एक्स्पोमा ल्याइएको दर्जनौँ नयाँ गाडी तातोपानी नाकामा… नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा सान्फ्रासिस्को महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा प्रवाह हुने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण संकलन गर्न स्थानीय तहसँग समन्वय गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख घिमिरेलाई ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धि अवधारणासहित एक्सनएड नेपालले जलवायु न्याय अभियान अन्तर्गत आज सभामुख देवराज घिमिरेलाई ध्यानाकार्षण पत्र बुझाइएको छ ।

एक्सनएड नेपालले जलवायु परिवर्तनका कारण नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सभामुख घिमिरेलाई आज ध्यानाकार्षण पत्र पेश गरेको एक्सनएड नेपालका सञ्चार प्रबन्धकउमा थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ध्यानाकार्षण पत्र बुझनु हुँदै सभामुख घिमिरेले जलवायु परिर्वतनका क्षेत्रमा आफुले सक्ने जती काम गर्ने तथा सो क्षेत्रमा काम गरिरहेका संघ संस्थाहरुलाई साथ दिने प्रतिबद्धता जनाउनुका साथै दलका प्रमुख सचेतकसँग पनि छलफल चलाउनुपर्ने र कानूनी कुराहरुमा आवश्यक सुधारको पहलमा जोड दिनुपर्ने बताउनु भएको थियो ।

नेपालले कार्बन उत्सर्जन घटाउनका लागि थुप्रै रणनीतिक योजना अघि सारेको दाबी गर्दै नेपालले क्षतिपूर्ति पाउनुपर्ने एक्सनएडका कार्यकारी निर्देशक सुजिता माथेमाले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्बन उत्सर्जन कम गर्ने विश्वव्यापी मान्यता अनुसार नेपाललले विभिन्न मापदण्ड पालना गरेर कामहरु गरिरहेको छ ।

विद्युतको प्रयोगमा जोड दिनुका साथै पर्यावरणका लागि एक्सनएडले पनि हरियाली कार्यक्रम समेत चलाइ रहेको छ ।” यसैगरी एक्शनएडको टोलीले एमाले उपाध्यक्ष सुवास नेम्वाङ र प्रमुख सचेतक महेश बर्ताैलालाई समेत ज्ञापन पत्र बुझाएको एक्सनएड नेपालका सञ्चार प्रबन्धक उमा थापाले बताउनुभयो ।