• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना ★   शून्य समय: संसद् अवरुद्धले नागरिकका गुनासा सम्बोधन हुन पाएनन  ★   सिक्किममा एसकेएम र अरुणाचलमा भाजपाको सरकार ★   स्रोत सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो: अर्थमन्त्री पुन ★   एक ओभरमा ११ बल फ्याँकेर लाजमर्दो कीर्तिमान राखे क्यानेडियन बलरले ★   राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयो: नेकपा एस

नेप्से परिसूचक छ दशमलव ४५ अङ्कले घट्यो



काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ४५ अङ्कले ओरालो लागेर एक हजार नौ सय ६१ दशमलव ३७ मा सीमित भएको छ ।

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ४७ अङ्कले ओरालो लागेर तीन सय ७७ दशमलव २४ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ ।

विभिन्न कम्पनीका २४ लाख ८० हजार नौ सय २९ कित्ता शेयर रु ७९ करोड ६८ लाख ७० हजार चार सय आठ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार, कारोबारका आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड ५८ लाख ९७ हजार सात सय ९३ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा साल्ट टे«डिङ कर्पोरेसन रु दुई करोड ९५ लाख ८५ हजार चार सय ६५, आइएमई लाइफ इन्स्योरेन्स रु दुई करोड ८२ लाख ४१ हजार सात सय ५४, घोराही सिमेन्ट रु दुई करोड ८० लाख ४५ हजार पाँच सय ७० र एभरेष्ट बैंक रु दुई करोड ३६ लाख २९ हजार तीन सय २१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । नेरुडे लघुवित्त नौ दशमलव ८५, इन्ग्वा हाइड्रोपावर सात दशमलव ३२, साञ्जेन जलविद्युत् कम्पनी छ दशमलव ४८ र अप्पर सोलु हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ३९ प्रतिशतले कमाएका छन् ।

्त्यस्तै, आरबिबी म्युचुअल फन्ड १०, लिबर्टी इनर्जी नौ दशमलव ९८, आशा लघुवित्त सात दशमलव ६१, आत्मनिर्भर लघुवित्त सात दशमलव १९ र बाराही हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ४७ प्रतिशतले गुमाएका छन् । रासस