२१ श्रावण २०८२, बुधबार
August 6, 2025 Wednesday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 24.26

Wind: 1.54

Humidity: 100

Latest
इन्टर्नसीप पूरा गरेका ६० चिकित्सकलाई प्रमाणपत्र वितरण बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति ध्यानाकर्षण राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि संविधानविपरीत रहेको विपक्षी दलको निष्कर्ष अज्ञात रोगबाट चरीगाउँका पशुचौपाया मरे बेपत्ता तीन किशोरी परिवारको सम्पर्कमा करेन्ट लागेर एक जनाको मृत्यु सप्तरी गोलीकाण्ड : चारबुँदे मागसहित ज्ञापनपत्र बुझाइयो दर्ता गर्ने ठाउँ परिवर्तन हुँदैमा लोकतन्त्र खोसियो भन्न नथाल्नुस्, खुरुक्क गएर दर्ता गर्नुस्ः सञ्चारमन्त्री वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको निधन स्थानान्तरण गरिएको ओखरबोट माविको भवन पहिरोको जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा क्रिकेट खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पाकिस्तान र श्रीलंकामा जारी एशिया कप क्रिकेट २०२३ मा सहभागी नेपाली क्रिकेट खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गुर्नभएको छ ।

नेपाली क्रिकेट टिमले भारत र पाकिस्तान जस्ता क्रिकेटको लामो इतिहास भएका र विश्व कप जितिसकेका उच्च व्यावसायिक टिमहरूसँगको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरी विश्वका क्रिकेटप्रेमीहरूको मन जित्न सफल भएको भन्दै उहाँले यसबाट नेपाली क्रिकेटको विकासमा नयाँ सम्भवानाको ढोका खुलेको उल्लेख गर्नुभएको छ ।

“मुलुकले उच्च तहको क्रिकेटमा नयाँ सुरुवात गर्नु हामी सबैको लागि खुसी र गर्वको विषय हो”, उहाँले भन्नुभएको छ ।

यसैगरी पूर्वराष्ट्रपति भण्डारीले मलेसियामा सञ्चालन भइरहेको टी–ट्वान्टी महिला विश्वकप छनौट प्रतियोगितामा पनि नेपाली महिला क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरिरहेकोमा थप सफलताको कामना गर्नुभएको छ ।

“यस अवसरमा म नेपाली क्रिकेट टिमका खेलाडी, प्रशिक्षक र नेपाल क्रिकेट संघलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु”, उहाँले भन्नुभएको छ, “क्रिकेटसँग सम्बन्धित पूर्वाधार निर्माणका साथै खेलाडीको क्षमता विकासमा लगानी बढाउन सके मात्र नेपाली क्रिकेटले थप व्यवसायिकता र प्रतिस्पर्धी क्षमता विकास गर्न सक्दछ । विश्व समुदायमा मुलुकको पहिचान निर्माण गर्न र आत्मसम्मान बढाउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने विषयमा दुई मत छैन ।”

पूर्वराष्ट्र भण्डारीले सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाहरूले क्रिकेट लगायत समग्र नेपाली खेलकूदको विकासमा थप लगानी गर्नु अत्यावश्यक रहेको उल्लेख गर्नुभएको छ ।