३० जेष्ठ २०८३, शनिबार
,
Latest
जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्नी देओलको फिल्म ‘गदर २’ ले बक्सअफिसमा ५०० करोड कटायो



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सन्नी देओल र अमिषा पटेलको फिल्म ‘गदर २’ रिलिज भएको तीन हप्ताभन्दा बढी समय बितिसक्दा पनि टिकट काउन्टरहरूमा राम्रो संख्यामा ग्राहक पाईरहेको छ ।

‘गदर २’ ले बक्सअफिसमा भारु ५०० करोड कमाईसकेको छ । सोमबार मात्रै फिल्मले २.५ करोड कमाएको बताईएको छ । प्रारम्भिक अनुमान अनुसार फिल्मले अहिले ५०३.६७ करोड रुपैयाँ कमाएको छ ।

‘गदर २’ अगस्ट ११ मा रिलिज भएको थियो । अक्षय कुमारको ‘ओएमजी २’ र रजनीकान्तको ‘जेलर’को एक दिनपछि रिलिज गरेको फिल्मले पहिलो दिनमा ४० करोड कमाएको थियो । भारतको स्वतन्त्रता दिवसको दिनमा मात्रै यसले ५५ करोड कमाएको थियो । जसको सहयोगमा यसले आफ्नो पहिलो हप्तामा २८४.६३ करोड भारु सङ्कलन गर्यो ।

यसले दोस्रो हप्तामा १३४.४७ करोड र तेस्रो हप्तामा ६३.३५ करोड थप्यो। यससँगै ‘गदर २’ ले रिलिजको २४ औं दिनमा ५०० करोड कटाएको हो ।

‘गदर २’ को सफलताको उपलक्ष्यमा शनिबार भव्य पार्टीको आयोजना गरिएको थियो। पार्टीमा निर्देशक अनिल शर्मासहित फिल्मका सम्पूर्ण कलाकारहरुको उपस्थिति रहेको थियो । अमिषा पटेल आफ्नो ग्लैमरस अवतारमा सिक्वेन्ड गाउनमा थिइन् भने सन्नी नीलो सूटमा थिए। पार्टीमा धर्मेन्द्र, छोरा र बुहारी दृष्टि आचार्य र बबी देओलसहित उनको सम्पूर्ण देओल परिवारको समेत सहभागि भएका थिए ।