• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo

भारतविरुद्ध आसिफ शेखको अर्धशतक



काठमाडौँ । जारी एसिया कप क्रिकेट प्रतियोगितामा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाएका छन् ।

पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा भईरहेको खेलमा असिफले ८८ बलमा ७ चौकाको सहयोगमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । अहिले असिफलाई गुल्शन झाले साथ दिईरहेका छन् । गुल्शनले ७ रन बनाएका छन् ।

ताजा स्थितीमा नेपालले २७.२ ओभरमा चार विकेट गुमाएर ११४ रन बनाएको छ ।