काठमाडौँ । जारी एसिया कप क्रिकेट प्रतियोगितामा भारतविरुद्ध नेपालले चार विकेट गुमाएको छ ।
नेपालले चौथो विकेटमा कुशल मल्ललाई गुमाएको हो । उनी ४ बलमा २ रन बनाएर रविन्द्र जडेजाको बलबाट आउट हुन पुगे । यसअघि भारतका स्पिनर जडेजाले कप्तान रोहित पौडेल र भिम सार्कीलाई पनि आउट गराएका थिए ।
त्यसअघि ओपनर कुशल भुर्तेल ३८ रन बनाउदै आउट भएका थिए ।
ताजा स्थितीमा नेपालले २३ ओभरमा ४ विकेट गुमाएर १०८ रन बनाएको छ ।