३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महासचिवको टोली चीनमा



अ+ अ-

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहनुभएका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको टोली विचार आदानप्रदानमा सहभागी भएको छ ।

टोली आज बिहान जनवादी गणतन्त्र चीनको मुख्य सहर छोङछिङमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको स्कुलमा आयोजित विचार आदनप्रदान कार्यक्रममा सहभागी हुनुका साथै स्कुलको अवलोकनसमेत गरेको छ ।

कार्यक्रममा सहभागी हुँदै महासचिव पोखरेलले नेकपा एमाले जनताको बहुदलीय जनवाद ९जबज० को सम्मान गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षासहित नेपाली कम्युनिष्ट आन्दोलनको अगुवाइ गरिरहेको बताउनुभयो । उहाँले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उक्त लक्ष्य पूरा गर्दै समाजवादको आधार तयार गरिने जनाउनुभयो ।

कार्यक्रममा चिनियाँ आधुनिकरणमा छोङछिङको अभ्यासको बारेमा प्रो सुन लिङ उले र प्रोसेसर दा सिउ लाईओईले ‘नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवाद सि बिचारधारा’ विषयमा प्रस्तुति गर्नुभएको थियो ।

टोलीमा एमालेका स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेताहरू ज्वाला कुमारी शाह, राम राना, टुकादेवी हमाल, सहदेव देवकोटा, रचना खड्का, नीरज आचार्य, मन्जु गुरुङ, अजयकुमार गुप्ता, मानवीर राईलगायत हुनुहुन्छ । रासस