८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

भ्रष्टाचारको फाइल खोलेपछि टुङ्गोमा पुर्‍याउन सांसदको माग

भ्रष्टाचारको फाइल खोलेपछि टुङ्गोमा पुर्‍याउन सांसदको माग
संघीय संसद। फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारका विषयमा छानबिन गरिरहेका प्रहरी अधिकारीको सरुवा गरेर भ्रष्टाचारका फाइल खोलेर टुङ्गोमा नपुग्ने गरी बन्द गर्न लागेकामा आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले सुन काण्डमा गठन हुने उच्चस्तरीय आयोगले प्रतिवेदन संसद्मै पेस गर्ने व्यवस्था गर्न माग गर्नुभयो । सरकारलाई प्रतिवेदन पेस गर्ने गरी आयोग गठन गरिएमा यसअघिका आयोगकै हालत हुने भएकाले संसद्मा पेस गरी छलफल र सार्वजनिक गर्ने व्यवस्था गर्न सांसद केसीले माग गर्नुभएको हो ।

साम्प्रदायिक दङ्गा मच्चाउन खोज्नेका विरुद्ध सरकारको मौनताका कारण बुझ्न नसकिएको उल्लेख गर्नुहुँदै उहाँले दूरसञ्चारका ग्राहक बढ्ने तर राजस्व घट्ने कारणको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल टेलिकम र एनसेल दुवैको ग्राहक बढ्दा राजस्व भने घटेकाले सरकार र सञ्चार मन्त्रालयले यसको छानबिन गर्नुपर्ने सांसद केसीको माग छ । पासाल्हामु राजमार्गको काठमाडौँबाट नुवाकोटको पीपलटार खण्डको बजेट कटौती गरिएकोप्रति उहाँले आपत्ति जनाउनुभयो ।

सांसद विद्या भट्टराईले दैनिक उपभोग्य सामानको मूल्यवृद्धि हुँदा पनि सरकार मूकदर्शक बनेको, लैङ्गिक हिंसाले आत्महत्याका घटना बढेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रजनन उमेरमा महिलाको आत्महत्याको दर बढेकाले विद्यालयतहको पाठ्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी पाठ्यक्रम राख्न र यसलाई प्राथमिकता दिएर काम गर्न उहाँले माग गर्नुभयो ।

सांसद माधव सापकोटाले तातोपानी नाकाको लिपिङ बजारस्थित सरकारी कार्यालयको जग्गा निजीरुपमा कब्जा गरिएकाले तत्काल व्यवस्थापन गर्न माग गर्नुभयो । तत्काल यसको व्यवस्थापन नगरिएमा पछि यो ठूलो समस्या हुने भएकोतर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । मानसरोवर तीर्थयात्रा गर्ने धार्मिक पर्यटकका लागि तातोपानी नाका अन्य नाकाभन्दा तीन दिन नजिकपर्ने भएकाले पनि यहाँ सरकारले प्राथमिकता दिनुपर्ने सांसद सापकोटाको भनाइ थियो ।

सांसद हरि ढकालले क्रिकेट खेलाडीलाई तलबको व्यवस्था गर्नुपर्ने भन्दै खेल पूर्वाधारको विकासका लागि खेलजगतलाई उपेक्षा गर्न नहुनेमा जोड दिनुभयो । प्रधानमन्त्रीले क्रिकेट खेलाडीलाई दिने भनी घोषणा गरेका रकम अझै नदिएकाले त्यसतर्फ पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

सांसद राजेन्द्रप्रसाद लिङ्देनले वैदेशिक रोजगारीमा जानेले विमानस्थलदेखि नै अपमान भोग्नुपर्ने र फर्कंदा पनि उस्तै हुने गरेकाले सुधार गर्न माग गर्नुभयो । सांसद शेरबहादुर कुँवरले अछामको वैद्यनाथ तीर्थलाई व्यवस्थित बनाइनुपर्नेमा जोड दिनुभयो । संसद्ले पारित गरेको बजेट कटौती गरिनु नहुने उहाँको भनाइ थियो ।

सांसद सर्वेन्द्रनाथ शुक्लले धान बाली लगाउने बेलामा वर्षा नभएकाले यस वर्ष रू ५० अर्बको धान आयात गर्नुपर्ने अवस्था आउन लागेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । भारतले धान र चामल निर्यातमा प्रतिबन्ध लगाएकाले धानको आयात कसरी गर्न सकिन्छ भन्ने चिन्तन गर्न उहाँले सरकारलाई सुझाव दिनुभयो ।

सांसद प्रेम सुवालले खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्नुभयो । सांसद प्रभु साह र अमरेशकुमार सिंहले प्रधानमन्त्रीको विदेश भ्रमणमा जन्तीको झल्को दिने गरी उच्च अधिकारीको लर्को जानुपर्ने कारण के हो भनी प्रश्न गर्नुभयो । विगतमा भारत भ्रमण आगामी अमेरिका भ्रमणमा पनि उच्च अधिकारीको लर्को जानुको कारण सांसदहरुले माग गर्नुभएको थियो ।

सांसद सुशीला थिङले सांसद ईश्वरीदेवी न्यौपानेलाई यसअघिको बैठकमा बोलेका विषयलाई लिएर प्रतिपक्षी दलका सांसदले गरेको दुव्र्यवहारप्रति आपत्ति जनाउँदै कारबाहीको माग गर्नुभयो । सांसद युवराज राईले स्रष्टाका सिर्जनाको रक्षा गर्न प्रतिलिपि अधिकार ऐनको कार्यान्वयन गर्न माग गर्नुभयो ।

सांसद सञ्जयकुमार गौतमले कृषि प्रधान देश नेपाल कृषिमा आत्मनिर्भर नहुनु हाँस्यास्पद भएको बताउनुभयो । कृषि, धर्म, संस्कृति र पर्यटन क्षेत्रमा नेपाललाई चुनौती दिनसक्ने देश विश्वमा नभएपनि लापरबाहीले समस्या भएको उहाँको भनाइ थियो । नेपालका पवित्र तीर्थस्थलका रुपमा रहेका धार्मिक क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने, पर्वतीय पर्यटनलाई पनि प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो ।

सांसद सूर्यकुमारी श्रेष्ठले सङ्घीय शिक्षा विधेयक छिटो अघि बढाउन माग गर्नुभयो । सांसद प्रतीक्षा तिवारीले जनकपुर क्षेत्रमा खानेपानी समस्या समाधान गर्न माग गर्नुभएको थियो । रासस