२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप: नेपाल र भारत दुबै टीममा एक परिवर्तन



अ+ अ-

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ ।

श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियम भएको टस जितेर भारतका कप्तान रोहित शर्माले पहिले फिल्डिङ रोजेको हो ।

नेपालले पछिल्लोपटक पाकिस्तानसँग खेलेको टीममा एक परिवर्तन गरेको छ । नेपालले आरिफ शेखको स्थानमा भीम सार्कीलाई खेलाउने भएको छ ।

यस्तै भारतले पनि पाकिस्तानसँग खेलेको टीममा एक परिवर्तन गरेको छ । भारतले जसप्रित बुमराहको स्थानमा मोहम्मद सामीलाई खेलाउने छ ।

नेपालको प्लेइङ ११:

आसिफ शेख (विकेटकिपर),कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।

भारतको प्लेइङ ११:

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, हार्दिक पान्ड्या, ईशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद शिराज र कुलदीप यादव ।