८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

वर्षातका कारण जनधन गुमाएकाहरुलाई सरकारले तत्काल राहतको व्यवस्था गर्नुपर्छ: जनार्दन शर्मा

वर्षातका कारण जनधन गुमाएकाहरुलाई सरकारले तत्काल राहतको व्यवस्था गर्नुपर्छ: जनार्दन शर्मा
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद जनार्दन शर्माले रुकुम पश्चिम, जाजरकोट र सल्यानको केही भागमा हावाहुरीसहित ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

उपमहासचिव शर्माले सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले यही भाद्र १७ गते हावाहुरीसहितको अविरल वर्षाका कारण मृत्यु भएको रुकुममा दुई बालिबालिका र जाजरकोटका एक जनाको मृत्युप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले त्यसक्रममा त्यहाँ मुख्यबालीको रुपमा रहेको मकैबाली पनि नष्ट भएकाले उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारले ढिलाई गर्न नहुने बताउनु भयो । उपमहासचिव शर्माले पीडितलाई राहत दिने काममा स्थानीय सरकार लागि परेपनि संघीय सरकारले अझै पहल नगरेको गुनासो समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यही भाद्र १७ गते रुकुम पश्चिम चौरहजारी नगरपालिका केन्द्र भई हावाहुरीसहितको वर्षाले ठूलो जनधनको क्षति भएको छ । खहरेखोलामा आएको बाढीले रत्नबहादुर बुढाथोकीका ८ वर्षीय छोरा मनोज र ४ वर्षीया छोरी भावना बुढाथोकीको खहरे खोलाले बगाएर मृत्यु भएको छ । त्यसैगरी जाजरकोटमा चटयाङ परी एक जनाको मृत्यु भएको छ । र, चौरहजारी वडा नम्बर १, २ र ३, ६, १२ ८ लगायतका समग्र पालिकाभरी सल्यानको केही भाग र जाजरकोटको यो हावाहुरीसहितको अविरल वर्षाका कारण त्यहाँको मुख्यबाली मकैबाली हो । मकैबाली पूर्ण रुपले नष्ट भएको छ । र, ठूलो क्षति भएको छ । घरको टिनको छाना उडाएर क्षति भएको छ । उक्त क्षतिबारे आवश्यक राहत र क्षतिपूर्तिका लागि स्थानीय सरकारले पहल गरिराखेको छ । प्रदेश सरकारले पनि आफ्नो ठाउँबाट पहल गर्नेछ । र, विशेष गरेर संघीय सरकारको क्षतिपूर्तिका लागि, राहतका लागि म ध्यानाकर्षण गराउन चाहन्छु ।’

उपमहासचिव शर्माले प्रदेश सरकारले पनि सो घटनाका पीडितलाई तत्काल राहत र क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउने विश्वास व्यक्त गर्नुभयो ।