४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत आज इजिप्ट प्रस्थान गर्नुभएको छ ।

भोलिदेखि इजिप्टको कायरोमा सुरु हुन लागेको जनसङ्ख्या, स्वास्थ्य तथा विकाससम्बन्धी विश्व सम्मेलनमा भाग लिन मन्त्री बस्नेत आज इजिप्ट प्रस्थान गर्नुभएको उहाँका प्रेस संयोजक रामचन्द्र दुलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार इजिप्टमा मन्त्री बस्नेतले सम्मेलनलाई सम्बोधन गर्नुका साथै इजिप्टका स्वास्थ्यमन्त्रीसँग दुई पक्षीय बैठक तथा दक्षिण पूर्वएसियाका स्वाथ्यमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उहाँको साथमा मन्त्रालयका सचिव विकास देवकोटा समेत रहनुभएको छ ।

मन्त्री बस्नेत यही भदौ २४ गते स्वदेश फर्किनु हुने कार्यक्रम छ ।