१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत आज इजिप्ट प्रस्थान गर्नुभएको छ ।

भोलिदेखि इजिप्टको कायरोमा सुरु हुन लागेको जनसङ्ख्या, स्वास्थ्य तथा विकाससम्बन्धी विश्व सम्मेलनमा भाग लिन मन्त्री बस्नेत आज इजिप्ट प्रस्थान गर्नुभएको उहाँका प्रेस संयोजक रामचन्द्र दुलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार इजिप्टमा मन्त्री बस्नेतले सम्मेलनलाई सम्बोधन गर्नुका साथै इजिप्टका स्वास्थ्यमन्त्रीसँग दुई पक्षीय बैठक तथा दक्षिण पूर्वएसियाका स्वाथ्यमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उहाँको साथमा मन्त्रालयका सचिव विकास देवकोटा समेत रहनुभएको छ ।

मन्त्री बस्नेत यही भदौ २४ गते स्वदेश फर्किनु हुने कार्यक्रम छ ।