८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

गृह मन्त्रालयमा छलफल: मेयर बालेनले माफी माग्नुपर्ने

गृह मन्त्रालयमा छलफल: मेयर बालेनले माफी माग्नुपर्ने
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारमा आगो लगाउने धम्की दिए पनि उनमाथि कुनै कारबाही प्रक्रिया अघि बढेको छैन । केन्द्रीय सरकारका मुख्य संरचनाहरू रहने सिंहदबारलाई नै आगो लगाउने धम्की दिएर आपराधिक कार्यलाई प्रश्रय दिएका मेयर शाहलाई कारबाही नगर्ने हो भने यसले अराजकता निम्ताउने भन्दै सरोकारवालाले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

मेयर बालेनको सो अभिव्यक्तिको चौतर्फी विरोध हुँदै आएको छ । केहीले भने मेयरको अभिव्यक्तिप्रति समर्थन जनाएका छन् । मेयरको गलत अभिव्यक्तिको समर्थन गर्नेहरूबाट अराजकता फैलने खतरासमेत बढेको देखिएको छ ।

साइबर कानुनका विज्ञ एवं पूर्वन्यायाधीश डा। श्रीकृष्ण भट्टराईले सामाजिक सञ्जालमा जनतालाई उत्तेजित हुने किसिमको स्टाटस लेख्नु गलत भएको बताए । उनले भने– ‘मेयरको आपराधिक मनस्थिति भए पनि आपराधिक कार्य भएको देखिँदैन । ’

‘आपराधिक कार्य भएको भए सबै स्थानीयवासी सिंहदरबार जलाउन जाऔं भन्ने स्टाटस लेख्थे होला, तैपनि मेयरजस्तो महत्वपूर्ण व्यक्तित्वले यस प्रकारको स्टाटस पोस्ट गर्नु गलत हो’ –उनले भने ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा पोस्ट गरेको विषयमा के गर्न सकिन्छ भन्ने बारेमा गृह मन्त्रालयले छलफल गरिरहेको बताए । सबैको अभिभावक, महनगरको पिताले यस किसिमको भनाइ पोस्ट गर्नु गम्भीर विषय भएको र यसले उहाको छविमाथि नै प्रश्न खडा गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी बस्नेतले यो विषयमा मेयरसाव आफैंले समीक्षा गर्नुपर्ने बताए ।

प्रजिअ बस्नेतले भने– ‘हामीलाई मेयर साबले यतिसम्मको स्टाटस लेख्नुहोला जस्तो लागेको थिएन, मर्यादाक्रममा सहायकमन्त्री पछि र मुख्य सचिवमभन्दा माथिको स्टाटस रहेको मेयरले मुलुकको संघीय राजधानी काठमाडौंको शान्ति सुरक्षा कायम गर्न मुख्य भूमिका खेल्नुपर्नेमा यस्तो सुरक्षा निकायलाई हतोत्साही हुने किसिमका अभिव्यक्ति दिनु गलत छ ।’

मेयर साहले दिएको अभिव्यक्तिको विषयमा आइतबार गृह मन्त्रालयलमा छलफल भएको थियो । मेयर साहको सचिवालयले जारी गरेको विज्ञप्तिमा आफ्नो गल्ती भएको स्वीकार गरेको छैन । तर, सरकारले उनको गलत व्यवहारको बारेमा छलफल गरिरहेको छ । यस विषयमा आइतबार प्रधनमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो । स्रोतले जानकारी दिएअनुसार मेयर साहले माफी माग्नुपर्ने वा नमागे थप के कदम चाल्ने ? लगायतका विषयमा छलफल भएको थियो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।