• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर

एक लाख हेक्टरमा चैते धान लगाउने तयारीमा छौँ: कृषिमन्त्री



काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले उत्पादन र निर्यात वृद्धि तथा आयात प्रतिष्थापन गरेर मात्रै देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कृषि नेपालको लागि मेरुदण्ड भएको उल्लेख गर्दै कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिंचाईको रहेको बताउनु भयो । उहाँले अहिले पनि देशको खेतीयोग्य जमिनको आधा पनि सिंचाई हुन नसकेको बताउनु भयो ।

४८ प्रतिशत जमिन वर्षा याममा मात्रै सिंचाई हुने र १८ प्रतिशत जमिन मात्रै सधैँभर सिंचाई हुने अवस्था रहेको बताउँदै सिंचाईको समस्या समाधान गर्नु नै पहिलो काम रहेको बताउनु भयो । यस वर्ष सरकारले चैते धान एक लाख हेक्टर क्षेत्रफलमा लगाउने गरी काम शुरु गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कृषि क्षेत्र हाम्रो मुलुकको एउटा मेरुदण्ड हो । वास्तवमा अहिले हामीले उत्पादन वृद्धि गर्नुपर्छ, निर्यात वृद्धि र आयात प्रतिष्थापन गर्ने हो भने कृषि उत्पादन वृद्धि गरेर नै देशको अर्थतन्त्र बलियो बनाउन सकिन्छ । कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिंचाईको हो । अहिले पनि हाम्रो खेतीयोग्य जमिनको आधा पनि सिंचाई हुन सकेको छैन, ४८ प्रतिशत छ त्यो पनि वर्षा याममा मात्रै, नत्र सधैँभर सिंचाई हुने क्षेत्र भनेको १८ प्रतिशत, त्यसैले यो समस्या छ । ती समस्याको क्रमश: समाधान गर्दै जानुपर्छ । यस वर्ष नै हामीले चैते धान एक लाख हेक्टर क्षेत्रफलमा लगाउनुपर्छ र सक्नुपर्छ भनेर शुरु गरेका छौँ ।’

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले उपभोक्ताको घर र भान्सासम्म पुग्ने विषयलाई एउटा छाता कानूनको रुपमा कृषि विधेयक हाउसमा पेस गर्ने तयारी भइरहेको बताउनु भयो । उहाँले आगामी अधिवेशनमा कृषि विधेयक संसदबाट पारित हुने र पारितपछि नेपालको कृषि क्षेत्रमा वृहत कानूनी संरचनाको व्यवस्थापन हुने बताउनु भयो । उहाँले नर्सरीले अब बिरुवा बेच्दा श्रोत खुलाएर मात्रै बेच्न पाउने नर्सरी निर्देशिका बनाइरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपभोक्ताको घर र भान्सासम्म पुग्ने विषयलाई एउटा छाता कानूनको रुपमा कृषि विधेयक हाउसमा पेस गर्नको लागि अर्थ मन्त्रालयमा पेस गरेका छौँ । अर्थ र कानून मन्त्रालयबाट आएपछि हामीले संसदमा लैजानेछौँ । हाम्रो अपेक्षा छ, अर्को अधिवेशनबाट विधेयक पारित हुनेछ र यसले नेपालको कृषि क्षेत्रमा वृहत कानूनी संरचनाको व्यवस्थापन गर्नेछ । विषयगत ऐनहरु थिए तर समष्टिगत छाता ऐन नहुँदा कतिपय ठाउँमा पछि परेका थियौँ । विज्ञहरुबाट तयार पारेको कृषि बीउ बिरवा बाँड्नुपर्छ, अब कहाँबाट र कसरी ल्याउनुभयो भन्नेकुराको श्रोत खुलाएर मात्रै ल्याउनुपर्नेछ । नर्सरी निर्देशिका बनाउँदै छौँ । कानूनमा सबैकुरा समेटिएको छ । कसैले पनि बिरुवा बेच्दा अब श्रोत खुलाएर मात्रै बेच्नुपर्छ ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले अर्थतन्त्रलाई बलियो बनाउन सबैभन्दा पहिला भएको खेतीयोग्य जमिनको प्रयोग बढाउनुपर्ने बताउनु भयो । उहाँले जमिनको प्रयोग नगरी अन्य माध्यमबाट देश समृद्ध हुन गाह्रो रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो मुलुकमा विभिन्न किसिमका श्रोत, सम्पदाहरु उपलब्ध छन्, त्यसमध्ये, सजिलै उपयोग गर्न सकिने र पहिलादेखि उपयोग गर्दै आएको हाम्रो जमिन हो, वन जंगल छ, जल छ । हिमाल छन्, प्राकृतिक सौन्दर्य छ, खनिज छन्, युवा जनशक्ति छ, यी सबैमध्ये जमिनको प्रयोग नगरी अन्य साधनबाट समृद्ध हुन गाह्रो छ । जमिनको प्रयोग बढाउनुपर्छ । तर चिन्ताको विषय भनेको कृषियोग्य सबै भूमिमा कृषि गरिरहको छैनौँ । कृषि गरिरहेको भूमी ४० प्रतिशत बाँझो छ । वनको भूभाग बढेर ५० प्रतिशत देखिएको छ ।’

उपाध्यक्ष श्रेष्ठले अर्थतन्त्रको समस्या पूर्ण रुपमा सकि नसकेको उल्लेख गर्नुभयो । अर्थतन्त्र कमजोर बन्नुमा उत्पादन र रोजगारीको प्रमुख समस्या रहेको बताउनु भयो । अर्थतन्त्रका समस्यालाई समाधान गर्न कृषि क्षेत्र नै नेपालका लागि एकमात्र माध्यम बन्नसक्ने बताउनु भयो ।