४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै ललितपुरमा प्रदर्शन



अ+ अ-

काठमाडौँ । कोशी प्रदेशको नाम खारेजीको मागसहित ललितपुरमा प्रदर्शन गरिएको छ । किरात याक्थुङ चुम्लुङको ३५ औँ स्थापना दिवसको अवसरमा आइतबार दिउँसो ललितपुरको जावलाखेलदेखि ढोलाहितिस्थित चुम्लुङ् हिमसम्म प्रदर्शन र्‍याली निकालिएको हो।

र्यालीमा कोशी प्रदेशको नाम खारेज गरी ऐतिहासिक पहिचानको आधारमा नाम राख्नुपर्ने माग राखिएको थियो ।

लिम्बुवानरकिरात कायम गर भन्ने मूल नाराका साथ र्‍याली निकालिएको थियो। यस सन्दर्भमा प्रदर्शनकारीहरुले कला प्रदर्शनी समेत आयोजना गरेका छन्।

गत फागुन १७ गते कोशी प्रदेशको नामकरण भएको थियो। दुई तिहाइ बढी मतले उक्त नाम पारित गरेको थियो। तर त्यसयता कोशी प्रदेशको नामको विरोध हुँदै आएको छ।