१३ श्रावण २०८३, बुधबार
,
Latest
चिकित्सकमाथि भएको आक्रमणको विरोधमा देशभरका स्वास्थ्य सेवा प्रभावित, माईतीघरमा प्रदर्शन (तस्बिरसहित) राजनीतिक दल र निर्वाचन प्रणालीमा व्यापक सुधारको खाँचोः सांसद केसी प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको कार्ययोजनाः विदेशमा रहेका नेपालीलाई मताधिकार र प्रविधिमैत्री निर्वाचनमा जोड प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरीकर्ताको बयानः ५० करोड नोक्शानी पुर्‍याएको आरोप निष्क्रिय राजनीतिक दल खारेज र राज्यद्वारा फण्डिङको व्यवस्था गर्ने प्रश्तावित प्रमुख आयुक्त कार्कीको कार्ययोजना शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो सन्तानका लागि विवाह, त्यसपछि हिंसा : चीनमा बेचिँदै नेपाली युवती आज अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै हसिनाको स्वदेश फर्किने घोषणा पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
तपाईं के खोज्दै हुनुहुन्छ ?

भगवान श्रीकृष्णको जन्म कसरी भयो, कृष्णलाई खुशी पार्ने तरीका जान्नुहोस्



अ+ अ-

काठमाडौँ । भगवान श्रीकृष्णले द्वापर युगमा कंसको अत्याचारबाट मुक्ति पाउनका लागि जन्मेका थिए ।

द्वापर युगमा राजा उग्रसेनले मथुरा नगरमा शासन गरेका थिए, उनका छोरा कंस साहसी र प्रतापी हुनुका साथै अत्यन्त क्रूर र निर्दयी पनि थिए। उनले आफुलाई भगवान घोषणा गरेर आफुलाई पूजा गर्न थाले र भगवान नमान्नेहरुलाई सजाय दिन थाले जसका कारण जनतामा त्रास फैलियो । यतिसम्म कि जब उनका बुबाले उनलाई यी काम गर्नबाट रोके, उनले बुबालाई जेलमा हालिदिए। कंसको अत्याचारबाट दुखी भई देवताहरूले पहिले ब्रह्मा र त्यसपछि विष्णुको इशारामा प्रार्थना गरे। पछि विष्णु भगवानले म छिट्टै वासुदेवकी पत्नी र कंसकी बहिनी देवकीको गर्भबाट जन्मनेछु र सजाय दिलाउनेछु भन्नुभयो ।

त्यसपछि, वासुदेव र देवकीको विवाहपछि विदाईको समयमा आकाशमा आवाज आयो, हे कंस, तिम्रो बहिनीको आठौं गर्भबाट जन्मिएको छोराबाट तिम्रो मृत्युको घडी बन्नेछ । यसपछि कंस रिसाए र बहिनी जुवाई दुवैलाई जेलमा हालिदिए । कंसले देवकीका सात सन्तानलाई कोखमा नै मारिदिए र आठौं छोराको रूपमा भगवान विष्णुको आठौँ अवतारमा श्रीकृष्णको जन्म भएको थियो ।

श्रीकृष्णको जन्म भाद्र कृष्ण पक्ष अष्टमीमा भएको हुनाले हरेक वर्ष जन्माष्टमीलाई भगवान श्रीकृष्णको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । यस वर्ष यो पर्व भदौ २० र २१ गते मनाइँदैछ । यस दिन व्रत बस्ने, भजन–कीर्तन गर्ने, झाँकी सजाउने र मध्यरातमा खाना चढाउने चलन छ ।

भाद्रपद महिनाको कृष्ण पक्ष आठौं दिनमा श्रीकृष्णको जन्म भएको थियो। यस वर्ष कृष्ण (कान्हा जी) को जन्मदिन अर्थात् जन्माष्टमी २० गते बुधबार परेको छ । त्यस्तै, २० गते स्मार्त अर्थात् गृहस्थ र २१ गते वैष्णव अर्थात् साधु सन्यासीले यो पर्व मनाउने छन् ।

कृष्ण जन्माष्टमीमा पुजा आराधाना गर्ने तरीका

शास्त्रअनुसार भाद्र महिनाको कृष्ण पक्षको अष्टमीका दिन भगवान श्रीकृष्णको व्रत बस्ने व्यक्तिको सबै पापको क्षय हुनुका साथै सुख–समृद्धि प्राप्त हुने बताईएको छ । यस दिन कतिपय मानिसले नियम–कानुन पालना गरी निर्जला व्रत बस्ने गर्छन् । घर(मन्दिर सफा गरेपछि भगवान कृष्णको सुन्दर झाँकी सजाउने गर्छन्।

दिनभर राधा श्री कृष्णको भजन र कीर्तन गर्ने र साँझमा झूला बनाइन्छ र लड्डु गोपाल अर्थात बालकृष्णलाई झुलाउने गरिन्छ । मध्यरातको आरतीपछि दही, माखन, पन्जिरी, फलफूल, सुक्खा मेवा, मिठाई आदि चढाएर छरछिमेकमा वितरण गरिन्छ । कोही राती नै परण गर्छन् भने कोही भोलिपल्ट ब्राह्मणहरूलाई भोजन खुवाएर परण गर्छन्।

 

 

 




भर्खरै