१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

सरकार उत्तरदायी नभए अपजसको भारी कांग्रेसले बोक्दैन: नेता महर

सरकार उत्तरदायी नभए अपजसको भारी कांग्रेसले बोक्दैन: नेता महर
अ+ अ-

मध्यविन्दु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने बताउनुभएको छ । जनताप्रति उत्तरदायी नभएमा सरकारका कामको अपजसको भारी कांग्रेसले नबोक्ने उहाँले बताउनुभयो ।

नेपाली कांग्रेस नवलपुरले पार्टी कार्यालय कावासोतीमा आज आयोजना गरेको अन्तक्र्रियामा नेता महरले भन्नुभयो– “सरकार जनताप्रति जिम्मेवार हुनुपर्छ । प्राकृतिक र दैविक विपत्ति हुँदा सरकार समयमै जनताका घरमा पुग्नुपर्छ । मल नपाएका किसानका खेतमा मलखाद पुग्नुपर्छ । लम्पी स्किनबाट क्षति बेहोरेका किसानका गोठमा खोज पुग्नुपर्छ । महँगी नियन्त्रणमा सरकारको भूमिका देखिनुपर्छ । नत्र जनता आफैँले सरकारको विकल्प खोज्नेछन् । कांग्रेस अब सधैँ सरकारको कमजोरी र त्यसको अपजस बोक्ने अवस्थामा छैन ।”

वर्तमान सरकारमाथि लागेका विभिन्न आरोपको खण्डन गर्दै नेता महरले जनतालाई सत्यताबारे प्रस्ट पार्न आग्रह गर्नुभयो । कांग्रेस जनताको पार्टी भएकाले जनभावनाविपरीतका कुनै कार्य स्वीकार्य नहुने उहाँको भनाइ थियो । “कांग्रेस जनताको पार्टी हो । सधैँ जनताकै साथमा छ”, उहाँले भन्नुभयो ।

सामाजिक रुपान्तरणका लागि मुलुकमा कांग्रेसले अहम भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै नेता महरले भन्नुभयो– “शिक्षा, स्वास्थ्य, सामाजिक चेतना, छुवाछूत अन्त्य, भूमि सुधार लागू, समावेशी सिद्धान्तअनुरूप महिला आयोग, दलित आयोग, मुस्लिम आयोगलगायत गठनमा कांग्रेसको अहम भूमिका छ ।” पछाडि पारिका वर्गका लागि संवैधानिक व्यवस्था गरिए पनि त्यसको कार्यान्वयनको पक्ष कमजोर रहेको र अब संविधानत: सरकार त्यसतर्फ केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सीता देवकोटा, गण्डकी प्रदेश महामन्त्री विष्णु लामिछानेलगायतले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो । रासस