• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   इंग्ल्याण्डलाई ६८ रनले हराउँदै भारत टी–२० विश्वकपको फाइनलमा ★   झापामा खोलाले बगाउँदा दुई बेपत्ता ★   नेपाल-भारतबीचको प्रगाढ सम्बन्ध कायमै राख्नुपर्नेमा जोड ★   घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य ★   चिनियाँसँग बिहे गराईदिने भन्दै चीन लगेर बन्धक, एक पक्राउ ★   प्रमिश ! मैले जीवनको परिभाषा जानिन ★   बालुवाटारमा प्रमुख तीन दलको बैठक जारी ★   नेपाल मेरा लागि दोस्रो घर हो: भारतीय अभिनेत्री जयप्रभा ★   सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने एकीकृत समाजवादीको निर्णय ★   लामखुट्टेलाई भगाउन घर वरिपरि रोप्नुहोस् यी बोटबिरुवा

महिला विश्वकप एसिया छनोट: भुटानद्वारा नेपाललाई ४० रनको झिनो लक्ष्य



काठमाडौं । आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानले नेपाललाई ४० रनको सामान्य विजयी लक्ष्य दिएको छ ।

मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनायो । भुटानकी कप्तान डेचेन वांग्मोले सर्वाधिक २१ रन बनाइन् ।

कप्तान डेचेनबाहेक भुटानका अन्य खेलाडिले राम्रो खेल्न सकेनन् । ओपनर न्गवागं चोडेन शून्य रनमै तीव्र गतिकी बलर कविता कुँवरको हातबाट बोल्ड आउट भएकी थिईन् भने अर्की ओपनर कर्मा डेमा २७ बलमा १ रन बनाउँदै आउट भइन् ।

नेपालकी तीव्र गतिकी बलर पुजा महतोले सर्वाधिक तीन विकेट लिइन् । कप्तान रुविना क्षेत्री बेलबासे, खुशी डंगोल, कविता कुँवरले समान एक विकेट लिए ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । भुटान पहिलो खेलमा युएईसँग ९ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा बहराइनलाई ८ विकेटले हराएको थियो ।